Trending
>>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत >>   नेपाल सुरक्षित रहेको सन्देश फैलाउनसके धेरै पर्यटकीय बजार गुमाउनुपर्दैनः हान अध्यक्ष शाह >>   विपद् व्यवस्थापन कोषको नाम परिवर्तन गर्न र अधिकारसम्पन्न प्राधिकरण गठन गर्न सांसद खरेलको माग
Logo
१३ आश्विन २०८३, मंगलवार
१३ आश्विन २०८३, मंगलवार

काठमाडौंको मल्ल होटलबाट ‘मेयर’को छायांकन सुरु, यस्तो देखिए खगेन्द्र


काठमाडौं। ‘पशुपतिप्रसाद’ फेम्ड निर्देशक दीपेन्द्र के खनालले लैनचौरस्थित मल्ल होटलबाट फिल्म ‘मेयर’को छायांकन थालेका छन् । उनले पहिलो दिन सभाहल सम्मेलनको दृश्य खिच्दै सुटिङ सुरु भएको जानकारी दिएका छन् ।

त्यसैगरी, मेयरको भूमिकामा देखिन लागेका अभिनेता खगेन्द्र लामिछाने र लामो समयपछि फिल्ममा पुनरागमन गरेका पाका अभिनेता टीका पहारीले पहिलो दिन सुटिङ सेट ज्वाइन गरे भने अर्पण थापा केही दिनपछि छायांकनमा जोडिने तयारीमा छन् । ३५ दिनको तालिकासहित फ्लोरमा निस्किएको सो फिल्मको अरु छायांकन सर्लाहीमा गर्ने तयारी रहेको छ भने शुक्रबारदेखि सर्लाही प्रस्थान गर्ने तयारी रहेको निर्देशक खनालले बताएका छन् ।

मेयर थापाको कुरा गर्दा उनी गत वर्षको स्थानीय तहको चुनावमा नेकपा माओवादी केन्द्रबाट सर्लाहीको बागमती नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए । उनी दोस्रो कार्यकालका लागि मेयरमा निर्वाचित भएका थिए । पहिलो कार्यकालमा मेयर थापाले नगरपालिकालाई पर्यटकीय नगरीको रुपमा विकास गर्न भूमिका खेले । ठूलो कृत्रिम तालको निर्माण गरी पर्यटकलाई आकर्षण गरी आम्दानी स्रोत बनाएका छन् ।

अभिनेता लामिछानेले सो फिल्ममा सर्लाहीको बागमती नगरपालिकाका मेयर भरतकुमार थापाको भूमिका निर्वाह गर्दैछन् । थापाकै हुलिया र हाउभाउमा खगेन्द्र प्रस्तुत छन् भने खगेन्द्रले किशोर उमेरका मेयर थापा र वर्तमानका मेयर थापाका दुई भिन्न कालखण्डको चरित्र निर्वाह गर्नेछन् । उक्त फिल्म मेयर थापाको बायोपिक नभई उनीबाट प्रभावित हुने निर्देशक खनालले जनाए ।

त्यसैगरी, दुई चरणमा चरित्र निर्वाह गर्नुपर्ने भएकाले निर्माताले विदेशबाट मेकअप सामग्री ल्याएका छन् । पशुपतिप्रसाद, धनपति र भष्मे डनपछि दीपेन्द्र र खगेन्द्रबीच यो चौथो सहकार्य हो । सो फिल्मको छायांकनमा जानुअघि निर्माता हेरफेर भएका छन् भने उक्त फिल्मलाई अब निर्देशक खनालले निर्माण गर्नेछन् ।

 


प्रकाशित मिति: १० फाल्गुन २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?