Trending
>>   सरकारले जेन–जी आन्दोलनको लक्ष्य अनुसार काम गरिरहेको छः स्वास्थ्यमन्त्री गौतम >>   अदालतबाट न्याय पाएर फर्किएको छुः हितेन्द्रदेव शाक्य >>   सक्रिय राजतन्त्रसँग सहमत छैनौँः धवल शमशेर जबरा >>   राजा, राजनीतिक दल र जेन–जी पुस्ताबीच नयाँ समझदारी गरेर अघि बढौं : राजेन्द्र लिङदेन >>   केपी ओलीले महिलाको अपमान गर्छन्ः अष्टलक्ष्मी शाक्य >>   निर्णय नलिने प्रोजेक्ट म्यानेजरलाई छानविन गरेर कारबाही गर्नुपर्छः कुलमान घिसिङ >>   लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न(तस्बिरसहित) >>   इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ >>   देशभरका भन्सार कार्यालयमा पेन डाउन, जाँचपास सेवा पूर्णरूपमा ठप्प >>   यो चुनावी सरकार मात्र होइन,कसैको धम्कीबाट डराउँदैनौँः प्रधानमन्त्री कार्की
Logo
२४ मंसिर २०८२, बुधबार
२४ मंसिर २०८२, बुधबार

काठमाडौंको मल्ल होटलबाट ‘मेयर’को छायांकन सुरु, यस्तो देखिए खगेन्द्र


काठमाडौं। ‘पशुपतिप्रसाद’ फेम्ड निर्देशक दीपेन्द्र के खनालले लैनचौरस्थित मल्ल होटलबाट फिल्म ‘मेयर’को छायांकन थालेका छन् । उनले पहिलो दिन सभाहल सम्मेलनको दृश्य खिच्दै सुटिङ सुरु भएको जानकारी दिएका छन् ।

त्यसैगरी, मेयरको भूमिकामा देखिन लागेका अभिनेता खगेन्द्र लामिछाने र लामो समयपछि फिल्ममा पुनरागमन गरेका पाका अभिनेता टीका पहारीले पहिलो दिन सुटिङ सेट ज्वाइन गरे भने अर्पण थापा केही दिनपछि छायांकनमा जोडिने तयारीमा छन् । ३५ दिनको तालिकासहित फ्लोरमा निस्किएको सो फिल्मको अरु छायांकन सर्लाहीमा गर्ने तयारी रहेको छ भने शुक्रबारदेखि सर्लाही प्रस्थान गर्ने तयारी रहेको निर्देशक खनालले बताएका छन् ।

मेयर थापाको कुरा गर्दा उनी गत वर्षको स्थानीय तहको चुनावमा नेकपा माओवादी केन्द्रबाट सर्लाहीको बागमती नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए । उनी दोस्रो कार्यकालका लागि मेयरमा निर्वाचित भएका थिए । पहिलो कार्यकालमा मेयर थापाले नगरपालिकालाई पर्यटकीय नगरीको रुपमा विकास गर्न भूमिका खेले । ठूलो कृत्रिम तालको निर्माण गरी पर्यटकलाई आकर्षण गरी आम्दानी स्रोत बनाएका छन् ।

अभिनेता लामिछानेले सो फिल्ममा सर्लाहीको बागमती नगरपालिकाका मेयर भरतकुमार थापाको भूमिका निर्वाह गर्दैछन् । थापाकै हुलिया र हाउभाउमा खगेन्द्र प्रस्तुत छन् भने खगेन्द्रले किशोर उमेरका मेयर थापा र वर्तमानका मेयर थापाका दुई भिन्न कालखण्डको चरित्र निर्वाह गर्नेछन् । उक्त फिल्म मेयर थापाको बायोपिक नभई उनीबाट प्रभावित हुने निर्देशक खनालले जनाए ।

त्यसैगरी, दुई चरणमा चरित्र निर्वाह गर्नुपर्ने भएकाले निर्माताले विदेशबाट मेकअप सामग्री ल्याएका छन् । पशुपतिप्रसाद, धनपति र भष्मे डनपछि दीपेन्द्र र खगेन्द्रबीच यो चौथो सहकार्य हो । सो फिल्मको छायांकनमा जानुअघि निर्माता हेरफेर भएका छन् भने उक्त फिल्मलाई अब निर्देशक खनालले निर्माण गर्नेछन् ।

 


प्रकाशित मिति: १० फाल्गुन २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?