Trending
>>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत >>   नेपाल सुरक्षित रहेको सन्देश फैलाउनसके धेरै पर्यटकीय बजार गुमाउनुपर्दैनः हान अध्यक्ष शाह >>   विपद् व्यवस्थापन कोषको नाम परिवर्तन गर्न र अधिकारसम्पन्न प्राधिकरण गठन गर्न सांसद खरेलको माग
Logo
१३ आश्विन २०८३, मंगलवार
१३ आश्विन २०८३, मंगलवार

बाँकेमा ट्राफिक सप्ताहको शुभारम्भ


नेपालगञ्ज,बाँके। उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले आज यहाँ ट्राफिक सप्ताहको शुभारम्भ गरेका छन्। उनले स्कुटर चालकलाई हेल्मेट लगाइदिएर र सवारीसाधनमा सचेतनामूलक स्टिकर टाँस गरी सप्ताहको शुभारम्भ गरेका हुन् । सो अवसरमा उनले सवारी दुर्घटना न्यूनीकरणका लागि सबै पक्षको इमान्दार र सक्रियता आवश्यक भएको बताएका छन्।

गृहमन्त्री श्रेष्ठले सवारी दुर्घटना न्यनूनीकरणका लागि यस्ता अभियानले फलदायी भूमिका निर्वाह गर्ने उल्लेख गर्दै ठूलो सङ्ख्यामा दुर्घटनामा हुने जनधनको क्षति दुखद् भएको औँल्याए । त्यसैगरी, ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीले पैदलयात्री जेब्राक्रसिङमा कसरी बाटो काट्ने तथा सवारी साधनको तीव्रगतिका कारण हुने क्षतिलगायतका विषयमा जानकारी दिने बताएका छन् ।

नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका र जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको संयुक्त आयोजनामा ट्राफिक सप्ताह एक सातासम्म सञ्चालन हुनेछ भने सो सप्ताहमा सचेतनामूलक कार्यक्रम सञ्चालन हुनुका साथै सडक दुर्घटनाका कारणबारे समेत जानकारी दिइने जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक गोपिकृष्ण सुवेदीले जानकारी दिएका छन् ।


प्रकाशित मिति: १० फाल्गुन २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?