Trending
>>   बालेनलक्षित ओलीको टिप्पणी :‘देशमा चर्चित भनिएकाहरु नै नसामा भेटिन्छन्’ >>   नेपालको न्यायपालिका विकास विरोधी छैनः न्यायाधीश ढुंगाना >>   कुहिरो र हुस्सुले जनकपुरको जनजीवन प्रभावितः स्थानीय सरकारले चासो नदिएको गुनासो >>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा
Logo
१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

बाँकेमा ट्राफिक सप्ताहको शुभारम्भ


नेपालगञ्ज,बाँके। उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले आज यहाँ ट्राफिक सप्ताहको शुभारम्भ गरेका छन्। उनले स्कुटर चालकलाई हेल्मेट लगाइदिएर र सवारीसाधनमा सचेतनामूलक स्टिकर टाँस गरी सप्ताहको शुभारम्भ गरेका हुन् । सो अवसरमा उनले सवारी दुर्घटना न्यूनीकरणका लागि सबै पक्षको इमान्दार र सक्रियता आवश्यक भएको बताएका छन्।

गृहमन्त्री श्रेष्ठले सवारी दुर्घटना न्यनूनीकरणका लागि यस्ता अभियानले फलदायी भूमिका निर्वाह गर्ने उल्लेख गर्दै ठूलो सङ्ख्यामा दुर्घटनामा हुने जनधनको क्षति दुखद् भएको औँल्याए । त्यसैगरी, ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीले पैदलयात्री जेब्राक्रसिङमा कसरी बाटो काट्ने तथा सवारी साधनको तीव्रगतिका कारण हुने क्षतिलगायतका विषयमा जानकारी दिने बताएका छन् ।

नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका र जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको संयुक्त आयोजनामा ट्राफिक सप्ताह एक सातासम्म सञ्चालन हुनेछ भने सो सप्ताहमा सचेतनामूलक कार्यक्रम सञ्चालन हुनुका साथै सडक दुर्घटनाका कारणबारे समेत जानकारी दिइने जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक गोपिकृष्ण सुवेदीले जानकारी दिएका छन् ।


प्रकाशित मिति: १० फाल्गुन २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?