Trending
>>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो >>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

‘उद्धमशील युवा कांग्रेस अभियान’ को हस्ताक्षर संकलन


नेपाली कांग्रेस महासमिति वैठक स्थल गोदावरिमा कांग्रेस युवा नेता रञ्जित कर्णज्युको नेतृत्वमा उद्धमशील युवा कांग्रेस अभियानको हस्ताक्षर संकलन चलाइएको छ । त्यस्तै, कांग्रेसका ७ वटै प्रदेश र डायस्पोरावाट प्रतिनिधित्व गर्ने ९ जना महासमिति सदस्यहरुको समुहले १२ वुदे संकल्प प्रस्ताव सहित महासमिति वैठक स्थलमा उद्धमशील युवा कांग्रेस अभियानको हस्ताक्षर संकलन गरिरहेका छन् ।

sankalan-(4)-1708514790.jpg

सप्तरी वाट प्रतिनिधित्व गर्ने महासमिति सदस्य रञ्जित कर्ण कर्णको संयोजकत्वमा गण्डकी प्रदशको पर्वत जिल्लावाट महासमिति सदस्य राजेन्द्र तिवारि, लुम्बिनी प्रदेशको रुपन्देहीवाट प्रकाश राना, कोशि प्रदेशको ओखलढुङ्गावाट लिलावल्लव दाहाल,मधेश प्रदेशको धनुषावाट मनहरी श्रेष्ठ, कर्णाली प्रदेशको हुमलावाट अर्जुन महतरा, वाग्मती प्रदेशको रामेछापवाट विनिता खड्का, सुदुरपश्चिमको डोटिवाट सोफान सिंह वोहरा र डायस्पोरावाट क्डानावाट महासमिति सदस्य चन्दा अधिकारी सहितको समुहले उद्धमशील युवा कांग्रेस अभियानको हस्ताक्षर संकल चलाइराखेको छ भने सो अभियानकर्ताहरु उद्धमशीलता सँग जोडिएका छन् ।

sankalan-(2)-1708514790.jpg

 

कर्णको नेतृत्वमा ९ जना युवा नेताहरुले १२ बुँदे संकल्प प्रस्ताव तयार गरेका छन । उद्धमशील युवा कांग्रेस अभियान, अबको १० वर्षमा विकसित देश, मापदण्ड बनाई क्रियाशील सदस्यता वितरण, लोकतान्त्रिक विधिबाट उम्मेदवार चयनलगायत १० बुँदे संकल्प प्रस्ताव तयार गरिएको छ।

हाम्रो मुख्य उधेश्य उद्धमशिलता सहितको राजनीति हुनुपर्छ, कांग्रेसका हरेक तहका नेता, कार्यकर्ता उद्धमशीलतासँग जोडिनुपर्छ,त्यसले राजनीतिमा भइरहेको भ्रष्टिकरण अन्त्य गर्न मद्धत पुग्छ । कांग्रेसले महासमिति वैठकमा पार्टिको नीति बनाउनुपर्छ । यसले अरु राजनीतिक दललाई पनि राष्ट्रिय सन्देश जान्छ । अहिले भइरहेको राजनीतिक भ्रष्टिकरणको नियन्त्रण र युवाहरुमा उद्धमशिलताको विकास हामी आफुबाटै थालनी गर्नुपर्छ, हस्ताक्षर संकलन अभियानका संयोजक कांग्रेस नेता रञ्जित कर्णले भने ।

 

त्यसैगरी, ललितपुरको गोदावरीमा जारी महासमिति बैठकमा पार्टीका केन्द्रीय सदस्यहरू, प्रभावशाली नेताहरू, युवा नेताहरू, महासमिति सदस्यहरूले यो अभियानमा ऐक्यबद्धतासहित हस्ताक्षर गरिरहेका छन् भने महामन्त्री गगन थापा, नेता शेखर कोइराला, शंकर भण्डारी , मिनेन्द्र रिजाल लगायतले हस्ताक्षर गरेका छन्।

sankalan-(6)-1708514791.jpg

 

 

 

 


प्रकाशित मिति: १० फाल्गुन २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?