Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१० माघ २०८२, शनिबार
१० माघ २०८२, शनिबार

भोजपुरमा कार्यतरत सुरक्षाकर्मी तथा कर्मचारीलाई तनाव व्यवस्थापन प्रशिक्षण


भोजपुर। भोजपुरमा कार्यतरत सुरक्षाकर्मी तथा कर्मचारीलाई तनाव व्यवस्थापन प्रशिक्षण दिइएको छ । तनाव व्यवस्थापनका लागि जीवन विज्ञानले उनीहरूलाई आवश्यक व्यायाम, प्रणायमसँगै खुसी प्राप्त गर्न अपनाउन सकिने विधिलगायत विषयमा कक्षा सञ्चालन गरेर प्रशिक्षण दिइएको हो ।

त्यसैगरी, पछिल्लो समयमा ‘डिप्रेसन’का कारण आत्महत्याको दर बढेकाले तनाव घटाउन र उच्चतम खुसी प्राप्त गर्ने उद्देश्यले तनाव व्यवस्थापन गर्दै मानिसलाई खुसी र आनन्दको वातावरण निर्माण गर्न कार्यक्रम सञ्चालन गरिएको प्रशिक्षण आयोजक संस्था जीवन विज्ञानले जनाएको छ ।

कर्तव्यपालनका समयमा आउने समस्यालाई कसरी समाधान गरेर आफू खुसी रहने साथै तनावलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा प्रशिक्षण दिएको जीवन विज्ञानका प्रशिक्षक देवनाथसिंह बताएका छन् । ‘कर्तव्यपालनाको सिलसिलामा हामीलाई विभिन्न समस्या आउन सक्नछन्,’ उनले भने, ‘हामीले त्यसलाई सहज व्यवस्थापन गर्न सक्यौँ भने त्यसले आनन्द प्राप्त हुन्छ ।’

मानव शरीरका पाँच ज्ञानेन्द्रियले पार्ने प्रभाव र त्यसबाट आउने सोचाइ तथा भोगाइलाई कसरी आफैँले विभिन्न क्रियाकलाप गरेर तनावलाई व्यवस्थापन गर्नेलगायत विषयमा जानकारी दिइएको जीवन विज्ञानका प्रशिक्षक टिपी बरालले बताउदै खुसी विज्ञानअन्तर्गत तनाव व्यवस्थापन र खुसी प्राप्त गर्न सकिने विभिन्न विधिको विषयमा जानकारी दिइएको समेत बताएका छन् ।

जीवन विज्ञानले जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी र नयाँ श्रीनाथ गणका नेपाली सेना तथा निजामती कर्मचारीलाई खुसी विज्ञान तथा तनाव व्यवस्थापनको विषयमा प्रशिक्षण दिइएको हो भने नियमित व्यायाम तथा प्रणायमले मानिसलाई स्वास्थ्य राख्ने जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले जनाएको छ ।


प्रकाशित मिति: १० फाल्गुन २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?