Trending
>>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत >>   नेपाल सुरक्षित रहेको सन्देश फैलाउनसके धेरै पर्यटकीय बजार गुमाउनुपर्दैनः हान अध्यक्ष शाह >>   विपद् व्यवस्थापन कोषको नाम परिवर्तन गर्न र अधिकारसम्पन्न प्राधिकरण गठन गर्न सांसद खरेलको माग
Logo
१३ आश्विन २०८३, मंगलवार
१३ आश्विन २०८३, मंगलवार

भोजपुरमा कार्यतरत सुरक्षाकर्मी तथा कर्मचारीलाई तनाव व्यवस्थापन प्रशिक्षण


भोजपुर। भोजपुरमा कार्यतरत सुरक्षाकर्मी तथा कर्मचारीलाई तनाव व्यवस्थापन प्रशिक्षण दिइएको छ । तनाव व्यवस्थापनका लागि जीवन विज्ञानले उनीहरूलाई आवश्यक व्यायाम, प्रणायमसँगै खुसी प्राप्त गर्न अपनाउन सकिने विधिलगायत विषयमा कक्षा सञ्चालन गरेर प्रशिक्षण दिइएको हो ।

त्यसैगरी, पछिल्लो समयमा ‘डिप्रेसन’का कारण आत्महत्याको दर बढेकाले तनाव घटाउन र उच्चतम खुसी प्राप्त गर्ने उद्देश्यले तनाव व्यवस्थापन गर्दै मानिसलाई खुसी र आनन्दको वातावरण निर्माण गर्न कार्यक्रम सञ्चालन गरिएको प्रशिक्षण आयोजक संस्था जीवन विज्ञानले जनाएको छ ।

कर्तव्यपालनका समयमा आउने समस्यालाई कसरी समाधान गरेर आफू खुसी रहने साथै तनावलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा प्रशिक्षण दिएको जीवन विज्ञानका प्रशिक्षक देवनाथसिंह बताएका छन् । ‘कर्तव्यपालनाको सिलसिलामा हामीलाई विभिन्न समस्या आउन सक्नछन्,’ उनले भने, ‘हामीले त्यसलाई सहज व्यवस्थापन गर्न सक्यौँ भने त्यसले आनन्द प्राप्त हुन्छ ।’

मानव शरीरका पाँच ज्ञानेन्द्रियले पार्ने प्रभाव र त्यसबाट आउने सोचाइ तथा भोगाइलाई कसरी आफैँले विभिन्न क्रियाकलाप गरेर तनावलाई व्यवस्थापन गर्नेलगायत विषयमा जानकारी दिइएको जीवन विज्ञानका प्रशिक्षक टिपी बरालले बताउदै खुसी विज्ञानअन्तर्गत तनाव व्यवस्थापन र खुसी प्राप्त गर्न सकिने विभिन्न विधिको विषयमा जानकारी दिइएको समेत बताएका छन् ।

जीवन विज्ञानले जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी र नयाँ श्रीनाथ गणका नेपाली सेना तथा निजामती कर्मचारीलाई खुसी विज्ञान तथा तनाव व्यवस्थापनको विषयमा प्रशिक्षण दिइएको हो भने नियमित व्यायाम तथा प्रणायमले मानिसलाई स्वास्थ्य राख्ने जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले जनाएको छ ।


प्रकाशित मिति: १० फाल्गुन २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?