Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

संघ-संस्थामा दलीय प्रतिस्पर्धा गर्नेलाई कारवाही हुन्छ :  रास्वपा


काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीले जनस्तरका सामुदायिक संघ(संस्थाको नेतृत्व छनौटमा हुने दलीय स्वार्थ प्रेरित प्रतिस्पर्धाको सदैव विपक्षमा रहेको जनाएको छ ।

रुपन्देहीको सैनामैना नगरपालिकामा तीन हजारभन्दा बढी मतदाता भएको सैनामैना खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थामा एमाले र सत्तागठबन्धनका उम्मेदवारलाई हराउँदै रास्वपाका एकबहादुर क्षेत्री विजयी भएको समाचार आएपछि रास्वपाले आफ्नो धारणा सार्वजनिक गरेको हो ।

महामन्त्री तथा प्रवक्ता डा. मुकुल ढकालले विद्यालय, खानेपानी, सिँचाइ, वनजस्ता सामुदायिक संस्थाको उपभोक्ता-व्यवस्थापन समिति होस् या विकास निर्माणसँग सम्बन्धित स्थानीयस्तरका समितिमा राजनीतिक भागवण्डा वा दलीय प्रतिस्पर्धाका आधारमा नेतृत्व छनोट गरिनु गलत प्रवृत्ति रहेको जनाएका छन् ।

त्यस्तै, बुधबार जारी प्रेस विज्ञप्तिमा सामुदायिक संस्था स्थापना-सञ्चालनको उद्देश्य गैर९राजनीतिक र क्रियाकलापहरू समुदाय केन्द्रित हुनुपर्छ भन्ने रास्वपाको स्पष्ट मान्यता रहेको उल्लेख छ । उक्त पार्टीको नीतिविपरीत त्यस प्रकारको क्रियाकलाप कुनै पार्टी सदस्यबाट गरेको वा गराइएको पाइए कारवाही रास्वपाको भनाइ रहेको छ ।

‘ती संस्थाको नेतृत्व छनौटमा दलीय संलग्नता भइरहेकाप्रति हामी सचेत छौँ । जनहितका लागि गर्नुपर्ने काममा पनि भागबन्डा खोजेर जनतालाई सधैँ राजनीतिक पार्टीको अधीनमा राख्ने प्रवृत्तिको हामी घोर विरोध गर्दछौँ’, विज्ञप्तिमा उल्लेख छ ।


प्रकाशित मिति: ९ फाल्गुन २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?