Trending
>>   भारत सरकारले बनाइदियो वैद्यनाथ देवनारायण जनता नमूना माध्यमिक विद्यालयको भवन >>   आठ खेलका १४ खेलाडीलाई छात्रवृत्ति >>   नेपाली महिला फुटबलमा उपाधि खडेरी तोड्ने एपिएफको लक्ष्य >>   एमाले केन्द्रिय कमिटी बैठक पुस २६, २७ र २८ गते बोलाइयो >>   एमाले राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली पार्टी होइनः ओली >>   १५ औं महाधिवेशनमा सहमहामन्त्री माग्छु, नदिए महामन्त्रीमा लड्छुः काँग्रेस नेता शर्मा >>   राज्यले निर्माण व्यवसायीमाथि आतंक बढायोः मुख्यमन्त्री बानियाँ >>   कुलमानले निर्माण व्यवसायीको मान मर्दन गरे : अध्यक्ष सिंह >>   जेन–जी आन्दोलनको रिपोर्टिङका क्रममा घाइते पत्रकारहरुको उपचार खर्च सरकारले व्यहोर्ने >>   पार्टी नेता, कार्यकर्तालाई ओलीको निर्देशनः आर्मीले मार्च गरेजस्तो ताल मिलाएर हिँड्नू
Logo
५ पुष २०८२, शनिबार
५ पुष २०८२, शनिबार

संघ-संस्थामा दलीय प्रतिस्पर्धा गर्नेलाई कारवाही हुन्छ :  रास्वपा


काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीले जनस्तरका सामुदायिक संघ(संस्थाको नेतृत्व छनौटमा हुने दलीय स्वार्थ प्रेरित प्रतिस्पर्धाको सदैव विपक्षमा रहेको जनाएको छ ।

रुपन्देहीको सैनामैना नगरपालिकामा तीन हजारभन्दा बढी मतदाता भएको सैनामैना खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थामा एमाले र सत्तागठबन्धनका उम्मेदवारलाई हराउँदै रास्वपाका एकबहादुर क्षेत्री विजयी भएको समाचार आएपछि रास्वपाले आफ्नो धारणा सार्वजनिक गरेको हो ।

महामन्त्री तथा प्रवक्ता डा. मुकुल ढकालले विद्यालय, खानेपानी, सिँचाइ, वनजस्ता सामुदायिक संस्थाको उपभोक्ता-व्यवस्थापन समिति होस् या विकास निर्माणसँग सम्बन्धित स्थानीयस्तरका समितिमा राजनीतिक भागवण्डा वा दलीय प्रतिस्पर्धाका आधारमा नेतृत्व छनोट गरिनु गलत प्रवृत्ति रहेको जनाएका छन् ।

त्यस्तै, बुधबार जारी प्रेस विज्ञप्तिमा सामुदायिक संस्था स्थापना-सञ्चालनको उद्देश्य गैर९राजनीतिक र क्रियाकलापहरू समुदाय केन्द्रित हुनुपर्छ भन्ने रास्वपाको स्पष्ट मान्यता रहेको उल्लेख छ । उक्त पार्टीको नीतिविपरीत त्यस प्रकारको क्रियाकलाप कुनै पार्टी सदस्यबाट गरेको वा गराइएको पाइए कारवाही रास्वपाको भनाइ रहेको छ ।

‘ती संस्थाको नेतृत्व छनौटमा दलीय संलग्नता भइरहेकाप्रति हामी सचेत छौँ । जनहितका लागि गर्नुपर्ने काममा पनि भागबन्डा खोजेर जनतालाई सधैँ राजनीतिक पार्टीको अधीनमा राख्ने प्रवृत्तिको हामी घोर विरोध गर्दछौँ’, विज्ञप्तिमा उल्लेख छ ।


प्रकाशित मिति: ९ फाल्गुन २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?