Trending
>>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत >>   नेपाल सुरक्षित रहेको सन्देश फैलाउनसके धेरै पर्यटकीय बजार गुमाउनुपर्दैनः हान अध्यक्ष शाह >>   विपद् व्यवस्थापन कोषको नाम परिवर्तन गर्न र अधिकारसम्पन्न प्राधिकरण गठन गर्न सांसद खरेलको माग
Logo
१३ आश्विन २०८३, मंगलवार
१३ आश्विन २०८३, मंगलवार

भैरहवास्थित बेलहिया नाकाबाट हुने निर्यातमा सुधार


काठमाडौं। रुपन्देहीको भैरहवास्थित बेलहिया नाकाबाट हुने निर्यातमा सुधार आएको छ । भारतमा सिमेन्ट बिक्री हुन थालेपछि निर्यातको अंक बढ्न थालेको हो ।

त्यस्तै, चालू आर्थिक वर्षमा झण्डै ६ अर्बको निकासी भएको हो । गत वर्षको तुलनामा यस वर्ष निर्यातमा राम्रो सुधार आएको भन्सार कार्यालयको भनाइ रहेको छ भने चालू वर्षको ६ महिनाको अवधिमा ५ अर्ब ६७ करोड बराबरको निकासी भएको भैरहवा भन्सार कार्यालयले जनाएको छ ।

त्यस्तै खैरो सिमेन्ट निर्यात दोस्रो नम्बरमा छ । विभिन्न वनस्पति उत्पादन, पिना, अदुवा, सुठोलगायतका जडीबुटी, तयारी चाउचाउ, पास्ता तथा चोकर, भुससमेत यो नाकाबाट निकासी भइरहेको छ भने भन्सार कार्यालयको तथ्यांकअनुसार माघ मसान्तसम्म ७५ करोड ३७ लाख रुपैयाँको १ लाख ३३ हजार टन सिमेन्ट तथा ९१ करोड ४३ लाखको १ लाख २० हजार टन क्लिंकर बेलहिया नाका हुँदै भारत निकासी भएको छ ।

केही वर्ष अघिसम्म भारतकै भर पर्नुपर्ने अवस्था रहेको सिमेन्ट तथा क्लिङ्कर पछिल्लो समय भारततिर निकासी हुन थालेको छ भने सबैभन्दा धेरै सिमेन्ट तथा क्लिङकर निर्यात भएको हो । बेलहिया नाका हुँदै अर्घाखाँची, शुभश्री, जगदम्बा, पाल्पा तथा सर्वोत्तम सिमेन्ट भारततर्फ निकासी हुँदै आएको छ ।

 


प्रकाशित मिति: ९ फाल्गुन २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?