Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

भैरहवास्थित बेलहिया नाकाबाट हुने निर्यातमा सुधार


काठमाडौं। रुपन्देहीको भैरहवास्थित बेलहिया नाकाबाट हुने निर्यातमा सुधार आएको छ । भारतमा सिमेन्ट बिक्री हुन थालेपछि निर्यातको अंक बढ्न थालेको हो ।

त्यस्तै, चालू आर्थिक वर्षमा झण्डै ६ अर्बको निकासी भएको हो । गत वर्षको तुलनामा यस वर्ष निर्यातमा राम्रो सुधार आएको भन्सार कार्यालयको भनाइ रहेको छ भने चालू वर्षको ६ महिनाको अवधिमा ५ अर्ब ६७ करोड बराबरको निकासी भएको भैरहवा भन्सार कार्यालयले जनाएको छ ।

त्यस्तै खैरो सिमेन्ट निर्यात दोस्रो नम्बरमा छ । विभिन्न वनस्पति उत्पादन, पिना, अदुवा, सुठोलगायतका जडीबुटी, तयारी चाउचाउ, पास्ता तथा चोकर, भुससमेत यो नाकाबाट निकासी भइरहेको छ भने भन्सार कार्यालयको तथ्यांकअनुसार माघ मसान्तसम्म ७५ करोड ३७ लाख रुपैयाँको १ लाख ३३ हजार टन सिमेन्ट तथा ९१ करोड ४३ लाखको १ लाख २० हजार टन क्लिंकर बेलहिया नाका हुँदै भारत निकासी भएको छ ।

केही वर्ष अघिसम्म भारतकै भर पर्नुपर्ने अवस्था रहेको सिमेन्ट तथा क्लिङ्कर पछिल्लो समय भारततिर निकासी हुन थालेको छ भने सबैभन्दा धेरै सिमेन्ट तथा क्लिङकर निर्यात भएको हो । बेलहिया नाका हुँदै अर्घाखाँची, शुभश्री, जगदम्बा, पाल्पा तथा सर्वोत्तम सिमेन्ट भारततर्फ निकासी हुँदै आएको छ ।

 


प्रकाशित मिति: ९ फाल्गुन २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?