Trending
>>   उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगमा निजी क्षेत्रलाई समावेश >>   दरबारमार्गमा फोहोर गरेको भन्दै एमालेलाई महानगरको १ लाख जरिवाना ! >>   मुग्लिन–पोखरा सडकः पूर्वी खण्डमा धमाधम कालोपत्र गरिँदै >>   काठमाडौंको कीर्तिपुर केन्द्रविन्दु भएर भूकम्पको धक्का >>   आजको मौसम : चार प्रदेशमा हल्का वर्षा र हिमाली भूभागमा हिमपातको सम्भावना >>   आज मिति २०८१ साल मङ्सिर ०७ गते शुक्रबार,हेर्नुहोस आजको राशिफल >>   ११ जिल्ला न्यायाधीशको सरुवा, को पुगे कहाँ ?(सूचीसहित) >>   अर्थमन्त्री विष्णु पाैडेलकाे कमालः आर्थिक वर्षको चार महिनामा १७ प्रतशितले राजस्व वृद्धि ! >>   राष्ट्रपति पौडेलबाट भारतीय सेनापति द्विेदीलाई नेपाली सेनाको मानार्थ महारथी पद प्रदान( फाेटाे फिचर) >>   नेपाल ओलम्पिक कमिटीलाई पारदर्शीरुपमा सञ्चालन गर्न प्रधानमन्त्रीसँग माग
Logo
७ मंसिर २०८१, शुक्रबार
७ मंसिर २०८१, शुक्रबार

काभ्रे कृषि महोत्सवमा रु छ करोडको कारोबार


काभ्रेपलाञ्चोक। काभ्रेपलाञ्चोकको बनेपामा यही फागुन पहिलो साता आयोजित काभ्रेपलाञ्चोक बृहत् कृषि महोत्सवमा रु छ करोड बराबरको कारोबार भएको आयोजकले जनाएको छ मूल आयोजक एवं संयोजकत्व गरेको जिल्ला समन्वय समितिको समन्वयमा यही फागुन ४ देखि ७ गतेसम्म बनेपामा सञ्चालित महोत्सवमा एक लाख ५० हजारले अवलोकन गरेको जनाइएको छ ।

उक्त जिल्लामा उत्पादित कृषि तथा पशुजन्य उपजको प्रर्दशनी तथा बजारीकरण तथा कृषकको आर्थिक अवस्थामा सुधार ल्याउने, कृषिका नयाँ प्रविधिबारे जानकारी प्रदान गर्नुका साथै कृषि पेसामा लाग्नका लागि नागरिकलाई उत्प्रेरित गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो भने सो समितिका प्रमुख दीपक गौतमद्वारा जारी विज्ञप्तिमा कृषिजन्य उपजहरुको बिक्री–वितरण रु दुई करोड, यन्त्र, औजार, उपकरणको बिक्री तथा अर्डरसमेत गरी रु दुई करोड, होटल व्यवसाय तथा रैथाने परिकारतर्फ रु एक करोड ५० लाख र अन्य सहयोगी क्षेत्र र गैरकृषितर्फ रु ५० लाख कारोबार भएको उल्लेख गरिएको छ ।

सो महोत्सवमा कृषि प्रविधि, रैथाने बाली, खाद्यान्न, बीउ, ताजा तरकारी, दुग्धजन्य उत्पादन, लप्सी–क्यान्डी, लोकल धान, कफी, फापर पिठो, प्राङ्गारिक प्रमाणित कृषि उपज, बुद्धचित्त माला, धानको उन्नत बीउ, मौरी गोला, हस्तकला, एभोकाडो, सिताके च्याउ, कालिज, लोकल कुखुरा, पनिर, खुवा, लोकल चामल, घीउ, कोल्ड च्याम्बर प्रविधिलगायत सामग्रीका एक सय ५३ प्रदर्शनी कक्ष राखिएका थिए ।

त्यस्तै, गत शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गरेका महोत्सवमा काभ्रेपलाञ्चोकका तीन तथा सिन्धुपाल्चोकका तीन किसानलाई ‘राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार’बाट सम्मानित गरिएको थियो भने राष्ट्रिय–अन्तरराष्ट्रियस्तरका विषय विज्ञबाट विभिन्न विषयमा सेमिनार तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिएको थियो । त्यस्तै कृषिको आधारभूमिमा रही विद्यालयस्तरीय प्रतियोगितात्मक चित्रकला प्रदर्शनी गरी उत्कृष्ट विद्यार्थी एवं विद्यालयलाई सम्मान, रक्तदान, स्वास्थ्य शिविर सञ्चालन तथा स्थलगतरुपमा माटो परीक्षण सेवा बाली उपचार सेवाबाट किसानलाई स्थलगतरुपमा नै प्राविधिक सेवा उपलव्ध गराइएको थियो ।

त्यस्तै कृषि उपजको प्रदर्शनी एवं कारोबारसहितका आधारमा कृषि उपज, बाली, वस्तु, प्रविधिसम्बन्धी २० कृषक समूह, सहकारी, कम्पनी, फार्मलाई सम्मान, हरेक दिन साँझ आयोजना राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति समेत थियो ।


प्रकाशित मिति: ९ फाल्गुन २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?