Trending
>>   नेपालको न्यायपालिका विकास विरोधी छैनः न्यायाधीश ढुंगाना >>   कुहिरो र हुस्सुले जनकपुरको जनजीवन प्रभावितः स्थानीय सरकारले चासो नदिएको गुनासो >>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा
Logo
१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

भारतको पर्यटन मेलामा नेपालको सहभागिता


काठमाडौं। भारतको राजधानी नयाँदिल्लीमा सुरु हुन लागेको साउथ एसियन ट्राभल एन्ड टुरिजम एक्सचेञ्ज (साट्टे) मा नेपालले सहभागिता जनाएको छ । नेपाल पर्यटन बोर्डले सहभागिता जनाउँदै आएको साट्टेमा यसपटक भने ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) मा आबद्ध व्यवसायीले सहभागिता जनाएको हो ।

त्यसैगरी, दिल्लीमा बिहीबारदेखि सुरु हुन लागेको साट्टेमा भाग लिन जान लागेका व्यवसायीलाई आज टानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेको छ भने तीन दिनसम्म चल्ने पर्यटन मेलामा टानमा आबद्ध ट्रेकिङ कम्पनी, होटल, ट्राभललगायत २८ कम्पनीले सहभागिता जनाउन लागेको टानका प्रथम उपाध्यक्ष प्रदीप पण्डितले जानकारी दिए ।

उपाध्यक्ष पण्डितले नेपालको पर्यटन क्षेत्रको प्रमुख बजार भारत भएकाले भारतमा हुन लागेको पर्यटन मेलामा टानले सहभागिता जनाएको बताएका छन् । टानले दुई हप्ता पहिले भारतको मुम्बईमा सञ्चालित आउटवाउन्ड ट्राभल मार्ट (ओटिएम) मेलामा समेत सहभागिता जनाएको थियो । नेपालको पर्वतीय पर्यटन क्षेत्रमा ४५ वर्षदेखि क्रियाशील टानमा हाल दुई हजारभन्दा बढी पर्यटन व्यवसायी आबद्ध रहेका छन् ।


प्रकाशित मिति: ९ फाल्गुन २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?