Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

स्थानीय समितिका चुनावी प्रतिस्पर्धामा भाग नलिन रास्वपाको निर्देशन


काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीले विकास निर्माणसँग सम्बन्धित स्थानीयस्तरका समितिहरूमा हुने चुनावी प्रतिस्पर्धामा पार्टीको रूपमा प्रतिनिधित्व गरेर सहभागी नहुन निर्देशन दिएको छ । उक्त पार्टी प्रवक्ता मुकुल ढकालले बुधबार विज्ञप्ति जारी गर्दै पार्टीको नीति विपरीत त्यस प्रकारको क्रियाकलाप कुनै पार्टी सदस्यबाट गरेको वा गराइएको पाइए पार्टीबाट कडा कारबाही गरिने उल्लेख गरेका छन् ।

त्यस्तै, रास्वपा जनस्तरका सामुदायिक संघ-संस्थाको नेतृत्व छनौटमा हुने दलीय स्वार्थ प्रेरित प्रतिस्पर्धाको सदैव विपक्षमा रहेको उल्लेख छ । ‘विद्यालय, खानेपानी, सिँचाइ, बनजस्ता सामुदायिक संस्थाको उपभोक्तारव्यवस्थापन समिति होस् या विकास निर्माणसँग सम्बन्धित स्थानीयस्तरका समिति नै किन नहुन्, तिनमा राजनीतिक भागवण्डा वा दलीय प्रतिस्पर्धाका आधारमा नेतृत्व छनोट गरिनु सर्वथा गलत प्रवृत्ति हो,’ विज्ञप्तिमा छ ।

राजनीतिक दलबाट यस्ता संस्थाहरू संक्रमित गर्ने कुसंस्कारको बाछिटा रास्वपामा पार्न खोज्ने तथा केही समययता रास्वपालाई समेत यस्तोमा नियोजित रूपमा मुछ्ने प्रयास भइरहेको उनले उल्लेख गरेका छन् ।

रास्वपा राजनीतिक दललाई आफ्नो राजनीतिक सीमामा बाँध्नु पर्छ भन्ने सन्दर्भमा कुनै सम्झौता गर्दैन। यद्यपि रास्वपाका समर्थक व्यक्तिगत रूपमा सहभागी भएका हुन सक्छन् । कुनै पार्टी सदस्य व्यक्तिगत हैसियतमा त्यस्ता गतिविधिमा भाग लिने व्यक्तिगत स्वतन्त्रताको विषय हुन सक्ला, तर त्यस्तो व्यक्तिगत उम्मेदवारीका क्रममा पार्टीको संस्थागत प्रतिनिधित्वका रूपमा प्रचारप्रसार नगर्न, रास्वपाका समर्थकहरू सामूहिक रूपमा प्यानल बनाउन, सगोलमा भोट नमाग्न तथा अन्य दलहरूसँग राजनीतिक अभिप्रायले समूह बनाएर विरोध, समर्थन, वक्तव्य नगर्न नगराउन सम्बन्धित सबैमा अनुरोध गर्दछौँ,’ रास्वपाले भनेको छ ।


प्रकाशित मिति: ९ फाल्गुन २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?