Trending
>>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो >>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

स्थानीय समितिका चुनावी प्रतिस्पर्धामा भाग नलिन रास्वपाको निर्देशन


काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीले विकास निर्माणसँग सम्बन्धित स्थानीयस्तरका समितिहरूमा हुने चुनावी प्रतिस्पर्धामा पार्टीको रूपमा प्रतिनिधित्व गरेर सहभागी नहुन निर्देशन दिएको छ । उक्त पार्टी प्रवक्ता मुकुल ढकालले बुधबार विज्ञप्ति जारी गर्दै पार्टीको नीति विपरीत त्यस प्रकारको क्रियाकलाप कुनै पार्टी सदस्यबाट गरेको वा गराइएको पाइए पार्टीबाट कडा कारबाही गरिने उल्लेख गरेका छन् ।

त्यस्तै, रास्वपा जनस्तरका सामुदायिक संघ-संस्थाको नेतृत्व छनौटमा हुने दलीय स्वार्थ प्रेरित प्रतिस्पर्धाको सदैव विपक्षमा रहेको उल्लेख छ । ‘विद्यालय, खानेपानी, सिँचाइ, बनजस्ता सामुदायिक संस्थाको उपभोक्तारव्यवस्थापन समिति होस् या विकास निर्माणसँग सम्बन्धित स्थानीयस्तरका समिति नै किन नहुन्, तिनमा राजनीतिक भागवण्डा वा दलीय प्रतिस्पर्धाका आधारमा नेतृत्व छनोट गरिनु सर्वथा गलत प्रवृत्ति हो,’ विज्ञप्तिमा छ ।

राजनीतिक दलबाट यस्ता संस्थाहरू संक्रमित गर्ने कुसंस्कारको बाछिटा रास्वपामा पार्न खोज्ने तथा केही समययता रास्वपालाई समेत यस्तोमा नियोजित रूपमा मुछ्ने प्रयास भइरहेको उनले उल्लेख गरेका छन् ।

रास्वपा राजनीतिक दललाई आफ्नो राजनीतिक सीमामा बाँध्नु पर्छ भन्ने सन्दर्भमा कुनै सम्झौता गर्दैन। यद्यपि रास्वपाका समर्थक व्यक्तिगत रूपमा सहभागी भएका हुन सक्छन् । कुनै पार्टी सदस्य व्यक्तिगत हैसियतमा त्यस्ता गतिविधिमा भाग लिने व्यक्तिगत स्वतन्त्रताको विषय हुन सक्ला, तर त्यस्तो व्यक्तिगत उम्मेदवारीका क्रममा पार्टीको संस्थागत प्रतिनिधित्वका रूपमा प्रचारप्रसार नगर्न, रास्वपाका समर्थकहरू सामूहिक रूपमा प्यानल बनाउन, सगोलमा भोट नमाग्न तथा अन्य दलहरूसँग राजनीतिक अभिप्रायले समूह बनाएर विरोध, समर्थन, वक्तव्य नगर्न नगराउन सम्बन्धित सबैमा अनुरोध गर्दछौँ,’ रास्वपाले भनेको छ ।


प्रकाशित मिति: ९ फाल्गुन २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?