Trending
>>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत >>   नेपाल सुरक्षित रहेको सन्देश फैलाउनसके धेरै पर्यटकीय बजार गुमाउनुपर्दैनः हान अध्यक्ष शाह >>   विपद् व्यवस्थापन कोषको नाम परिवर्तन गर्न र अधिकारसम्पन्न प्राधिकरण गठन गर्न सांसद खरेलको माग
Logo
१३ आश्विन २०८३, मंगलवार
१३ आश्विन २०८३, मंगलवार

नेपाललाई ६७ अर्ब अनुदान सहयोग दिने बेलायतको घोषणा


काठमाडौं। बेलायतले नेपाललाई आगामी ६ वर्षभित्र ४० करोड पाउन्ड (६६ अर्ब ८० करोड रुपैयाँ) बराबर वित्तीय अनुदान सहयोग गर्ने घोषणा गरेको छ । बेलायतको दीर्घकालीन रणनीतिक कार्यक्रम ‘यूके डेभलपमेन्ट पोर्टफोलियो’ अन्तर्गत उपलब्ध गराइने उक्त अनुदान सहयोग सन् २०३० भित्र नेपालले पाउने छ ।

त्यस्तै, बेलायतका अन्तर्राष्ट्रिय विकासमन्त्री एन्ड्रिउ मिचेलले ७-८ फागुनमा गरेको नेपाल भ्रमणपछि बेलायतले नेपालसँग यो ऐतिहासिक साझेदारी गरी एक नयाँ विकास पोर्टफोलियो घोषणा गरेको हो । बेलायती घोषणा अनुसार नयाँ अनुदान सहयोग रकम नेपालले जलवायु संकट, विकासका लागि अन्तर्राष्ट्रिय वित्त परिचालन, आर्थिक रूपान्तरण गर्न तथा सुशासन र समावेशीकरणमा सहयोग गर्न उपयोग गर्ने छ ।

बेलायतको फरेन, कमनवेल्थ एन्ड डेभलपमेन्ट अफिसका अनुसार अनुदान रकमबाट नेपालमा थप १३ हजार ५ सय रोजगारी सिर्जना हुनेछ, जसले थप १ अर्ब अमेरिकी डलरभन्दा बढी परिमाणमा नयाँ लगानी आकर्षित गर्ने छ भने यसबाट २०३० भित्र गुणस्तरीय स्वास्थ्य तथा शिक्षा सेवामा नेपालका २० लाखभन्दा बढी महिला तथा किशोरीहरूको पहुँचमा सहयोग पुग्ने छ ।

त्यसैगरी, दुई दिने नेपाल भ्रमणपछि बेलायती विकासमन्त्री मिचेलले यो अनुदान सहयोग रकम घोषणा गरेका हुन् भने बेलायतले हालै सार्वजनिक गरेको स्वतेपत्र अनुसार दीर्घकालीन र प्रणालीगत रूपान्तरणमा केन्द्रित हुँदै विश्वव्यापी दिगो र समावेशी विकासमा बेलायतको प्रतिबद्धताअनुसार नेपाललाई नयाँ अनुदान सहयोग घोषणा गरिएको हो ।

मन्त्री मिचेलले नेपाल भ्रमण क्रममा बेलायतले नेपालमा सीमान्तकृत समुदायलाई गरिरहेको मद्दत, जलवायु लचिलोपना विकास र नेपालको आर्थिक रूपान्तरणमा कसरी सहयोग गरिरहेको छ भनेर प्रत्यक्ष देखेको बताए । नेपालको अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा बेलायती मन्त्री मिचेलले नेपाललाई अतिकम विकसित मुलुकको तहबाट स्तरोन्नति हुन सघाउनका लागि विकास कोष परिचालन गर्न, जलवायु संकटसँग जुध्न र व्यवसाय निर्माण गर्ने बेलायतले नेपालसँग कसरी काम गर्छ भन्ने बताए ।

दिगो स्थानीय पूर्वाधारमा सुधारिएको पहुँचका लागि बेलायतको नयाँ अनुदान सहयोगबाट नेपालका १७ लाखभन्दा धेरै मानिस लाभान्वित हुने बेलायतको अपेक्षा छ । नेपाल भ्रमण क्रममा बेलायती मन्त्री मिचेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, परराष्ट्रमन्त्री एनपी साउद र अर्थमन्त्री डा. प्रकाशशरण महतसँग भेटवार्ता गरेका थिए ।

त्यसैगरी मन्त्री मिचेलले माथिल्लो त्रिशुली-१ जलविद्युत् आयोजनाको स्थलगत भ्रमण गरेका थिए । जसमा ब्रिटिस इन्टरनेसनल इन्भेस्टमेन्ट (बीआईआई)  ले २ करोड २० लाख अमेरिकी डलर लगानी गरेको छ । यसबाट नेपालका लाखौँ मानिसलाई स्वच्छ र दिगो ऊर्जा उपलब्ध हुनेछ ।


प्रकाशित मिति: ९ फाल्गुन २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?