Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

विश्व सम्पदा बौद्ध चैत्यको पदमार्ग पुनःनिर्माण सुरु


काठमाडौं। विश्व सम्पदासूचीमा सूचीकृत बौद्ध चैत्य परिसरको पदमार्ग जीर्ण भएपछि त्यसलाई भत्काएर पुनःनिर्माण सुरु गरिएको छ । उक्त सम्पदा क्षेत्रको सौन्दर्य र सुविधामा कमी हुन नदिन बौद्धनाथ क्षेत्र विकास समितिले चालू आर्थिक वर्षमा सम्पन्न गर्नेगरी रु एक करोड ३२ लाख लागतमा पुनःनिर्माण थालेको हो ।

त्यसैगरी, बौद्धनाथ क्षेत्रको सामाजिक, आर्थिक, धार्मिक र सांस्कृतिक विकास गर्न गठन भएको उक्त समितिले त्यस क्षेत्रमा पुनःनिर्माणका लागि पुरातत्व विभागले प्राविधिक अध्ययन गरेपछि स्वीकृति प्रदान गरेको समितिका कार्यकारी निर्देशक शान्तिमाया तामाङले जानकारी दिएका छन् । उक्त निर्माणका क्रममा समितिले काठमाडौं महानगरपालिकासँग समेत समन्वय गरेको छ ।

आधुनिक संरचना विकास गर्न नपाइने भएकाले आधुनिक सामग्री प्रयोग गरी प्रचीन स्वरुपको शैलीमा इँटा बिछ्याइनेछ । उनका अनुसार काठमाडौं उपत्यकामा रहेका प्रचीन चैत्यमध्ये यो सबैभन्दा ठूलो भएकाले बौद्धनाथ क्षेत्रमा पर्यटक आकर्षित गर्न विभिन्न कार्ययोजना बनाइएको छ । त्यस्तै, विसं २०७२ मा गएको भूकम्पका कारण क्षति पुगेको चैत्य तथा त्यसका हर्मिका, त्रयोदश भुवन, गजुर मर्मतसम्भार गरिएको छ ।


प्रकाशित मिति: ९ फाल्गुन २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?