Trending
>>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत >>   नेपाल सुरक्षित रहेको सन्देश फैलाउनसके धेरै पर्यटकीय बजार गुमाउनुपर्दैनः हान अध्यक्ष शाह >>   विपद् व्यवस्थापन कोषको नाम परिवर्तन गर्न र अधिकारसम्पन्न प्राधिकरण गठन गर्न सांसद खरेलको माग
Logo
१३ आश्विन २०८३, मंगलवार
१३ आश्विन २०८३, मंगलवार

विश्व सम्पदा बौद्ध चैत्यको पदमार्ग पुनःनिर्माण सुरु


काठमाडौं। विश्व सम्पदासूचीमा सूचीकृत बौद्ध चैत्य परिसरको पदमार्ग जीर्ण भएपछि त्यसलाई भत्काएर पुनःनिर्माण सुरु गरिएको छ । उक्त सम्पदा क्षेत्रको सौन्दर्य र सुविधामा कमी हुन नदिन बौद्धनाथ क्षेत्र विकास समितिले चालू आर्थिक वर्षमा सम्पन्न गर्नेगरी रु एक करोड ३२ लाख लागतमा पुनःनिर्माण थालेको हो ।

त्यसैगरी, बौद्धनाथ क्षेत्रको सामाजिक, आर्थिक, धार्मिक र सांस्कृतिक विकास गर्न गठन भएको उक्त समितिले त्यस क्षेत्रमा पुनःनिर्माणका लागि पुरातत्व विभागले प्राविधिक अध्ययन गरेपछि स्वीकृति प्रदान गरेको समितिका कार्यकारी निर्देशक शान्तिमाया तामाङले जानकारी दिएका छन् । उक्त निर्माणका क्रममा समितिले काठमाडौं महानगरपालिकासँग समेत समन्वय गरेको छ ।

आधुनिक संरचना विकास गर्न नपाइने भएकाले आधुनिक सामग्री प्रयोग गरी प्रचीन स्वरुपको शैलीमा इँटा बिछ्याइनेछ । उनका अनुसार काठमाडौं उपत्यकामा रहेका प्रचीन चैत्यमध्ये यो सबैभन्दा ठूलो भएकाले बौद्धनाथ क्षेत्रमा पर्यटक आकर्षित गर्न विभिन्न कार्ययोजना बनाइएको छ । त्यस्तै, विसं २०७२ मा गएको भूकम्पका कारण क्षति पुगेको चैत्य तथा त्यसका हर्मिका, त्रयोदश भुवन, गजुर मर्मतसम्भार गरिएको छ ।


प्रकाशित मिति: ९ फाल्गुन २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?