Trending
>>   पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौँः नारायणप्रसाद दाहाल >>   सडक पीडित श्रेष्ठ भन्छन् – हामी सुकुम्वासी हुने भयौँ >>   फागुन २१ मा निर्वाचन नभए सरकारको औचित्य समाप्त हुन्छः वर्षमान पुन >>   नेपाल आउने भारतीय र भारत जाने नेपालीले प्रतिव्यक्ति भा.रु. २५ हजारसम्म बोक्न पाउने >>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

आँखा शिविरबाट एक हजारभन्दा बढी लाभान्वित


सिन्धुपाल्चोक। तिलगङ्गा आँखा प्रतिष्ठान काठमाडौं र तिलगङ्गा सामुदायिक आँखा केन्द्र मेलम्चीको आयोजनामा भएको निःशुल्क आँखा शिविरमा एक हजार ५१ जनाले सेवा लिएका छन् ।

मेलम्ची, पाँचपोखरी थाङपाल, इन्द्रावती र हेलम्बुका सात स्थानमा हालै शिविर आयोजना गरिएको थियो । मेलम्ची नगरपालिका-४ पिप्लेमा भएको शिविरमा एक सय ९० जना, मेलम्ची-७ मा एक सय ५०, मेलम्ची ११ मा एक सय ६६, इन्द्रावती वडा नं १२ भीमटारका एक सय १६, हेलम्बु गाउँपालिका-२ किउलका ७३, पाँचपोखरी थाङपाल गाउँपालिका-५ गुन्साका एक सय ८४ र तिपेनीका एक सय ७२ गरी एक हजार ५१ जनाले सेवा लिएका हुन् ।

सो शिविरमा सेवा लिन आएकामध्ये एक सय २२ जनामा मोतियाविन्दु फेला परेको र एक सय ३९ जनाको मोतियाविन्दु शल्यक्रिया गरिएको तिलगङ्गा सामुदायिक आँखा केन्द्र मेलम्चीका प्रमुख आशिष भट्टले जानकारी दिएका छन् । त्यस्तै, तिलगङ्गा आँखा प्रतिष्ठान काठमाडौंका वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. सुष्मा दुवाल नेतृत्वको टोलीले शल्यक्रिया गरेको हो ।

मेलम्ची नगरपालिकासँगको समन्वयमा मोतियाविन्दु शिविर अन्य सम्बन्धित पालिकाको समन्वयमा आँखा जाँच शिविर सञ्चालन गरिएको केन्द्रप्रमुख भट्टले जानकारी दिएका छन् ।


प्रकाशित मिति: ९ फाल्गुन २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?