Trending
>>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत >>   नेपाल सुरक्षित रहेको सन्देश फैलाउनसके धेरै पर्यटकीय बजार गुमाउनुपर्दैनः हान अध्यक्ष शाह >>   विपद् व्यवस्थापन कोषको नाम परिवर्तन गर्न र अधिकारसम्पन्न प्राधिकरण गठन गर्न सांसद खरेलको माग
Logo
१३ आश्विन २०८३, मंगलवार
१३ आश्विन २०८३, मंगलवार

आँखा शिविरबाट एक हजारभन्दा बढी लाभान्वित


सिन्धुपाल्चोक। तिलगङ्गा आँखा प्रतिष्ठान काठमाडौं र तिलगङ्गा सामुदायिक आँखा केन्द्र मेलम्चीको आयोजनामा भएको निःशुल्क आँखा शिविरमा एक हजार ५१ जनाले सेवा लिएका छन् ।

मेलम्ची, पाँचपोखरी थाङपाल, इन्द्रावती र हेलम्बुका सात स्थानमा हालै शिविर आयोजना गरिएको थियो । मेलम्ची नगरपालिका-४ पिप्लेमा भएको शिविरमा एक सय ९० जना, मेलम्ची-७ मा एक सय ५०, मेलम्ची ११ मा एक सय ६६, इन्द्रावती वडा नं १२ भीमटारका एक सय १६, हेलम्बु गाउँपालिका-२ किउलका ७३, पाँचपोखरी थाङपाल गाउँपालिका-५ गुन्साका एक सय ८४ र तिपेनीका एक सय ७२ गरी एक हजार ५१ जनाले सेवा लिएका हुन् ।

सो शिविरमा सेवा लिन आएकामध्ये एक सय २२ जनामा मोतियाविन्दु फेला परेको र एक सय ३९ जनाको मोतियाविन्दु शल्यक्रिया गरिएको तिलगङ्गा सामुदायिक आँखा केन्द्र मेलम्चीका प्रमुख आशिष भट्टले जानकारी दिएका छन् । त्यस्तै, तिलगङ्गा आँखा प्रतिष्ठान काठमाडौंका वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. सुष्मा दुवाल नेतृत्वको टोलीले शल्यक्रिया गरेको हो ।

मेलम्ची नगरपालिकासँगको समन्वयमा मोतियाविन्दु शिविर अन्य सम्बन्धित पालिकाको समन्वयमा आँखा जाँच शिविर सञ्चालन गरिएको केन्द्रप्रमुख भट्टले जानकारी दिएका छन् ।


प्रकाशित मिति: ९ फाल्गुन २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?