Trending
>>   कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता भट्टद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा >>   दशैँअघि नै अवरुद्ध सडक खुल्ने, पोडवे र तौल पुलको विषयमा संसदीय समितिमा बहस >>   चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने >>   यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’ >>   चोलेन्द्र प्रक्राउबारे प्रचण्डको टिप्पणी :’छोरी पिटेर बुहारी तर्साउन खोजे’ सरकारले ठूलो मूल्य चुकाउनुपर्नेछ >>   ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ >>   उतारचढावमा बित्यो गत साता, आज सेयर बजार कता? >>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो
Logo
१२ आश्विन २०८३, सोमबार
१२ आश्विन २०८३, सोमबार

अब नेपाली कागजातका आधारमा भारतीय सिमकार्ड खरिद गर्न पाइने


काठमाडौं । भारतमा नेपाली नागरिकले नेपाली कागजातका आधारमा सिमकार्ड खरिद गर्न पाउने भएका छन्। १२ वर्षपछि भारतले नियम सच्याएर नेपाली र भुटानी नागरिकका लागि सिमकार्ड लिन सजिलो व्यवस्था गरेको छ। नेपाली नागरिकता, राहदानी वा निर्वाचन परिचयपत्रका आधारमा नेपाली नागरिकलाई सिमकार्ड उपलब्ध हुने भारतको सूचना मन्त्रालयअन्तर्गतको सूचना विभागले जनाएको छ।

विभागले भारतमा लाइसेन्स प्राप्त सबै मोबाइल कम्पनीका नाममा परिपत्र जारी गरी नेपाली र भुटानी नागरिकलाई सिमकार्ड बिक्री गर्न आग्रह गरेको छ। नेपाली नागरिकले अब सिमकार्ड प्राप्त गर्ने सुनिश्चितता कार्यान्वयन गर्न एक साताजति समय लाग्नेछ। ’

नेपाल र भुटान का नागरिकलाई भारत जाँदा भिसा लिनुपर्दैन। भिसा नलिएको राहदानीका आधारमा भारतीय दूरसञ्चार कम्पनीहरूले सिमकार्ड दिन बन्द गरेका थिए। जसको सामना उपचारदेखि अध्ययन र तीर्थाटन गर्न आउने नेपालीहरूले भोग्दै आएका थिए।

अब नेपाली नागरिकले भारतमा सिमकार्ड लिन पाउनेछन्।


प्रकाशित मिति: ९ फाल्गुन २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?