Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

मित्रमिलन सहकारी ठगीः मिलाएर अदालत छिर्ने, धरौटी बुझाएर छुट्ने


पोखरा। पोखराको मित्रमिलन सहकारी ठगी आरोपपछि पक्राउ पुर्जी जारी भएकाहरू धमाधम अदालत आउँदै धरौटी बुझाएर रिहा हुँदै गरेका छन् ।

त्यस्तै, आइतबार जिल्ला अदालतमा उपस्थित भएका जनकल्याण पराजुली ३ लाख रुपैयाँ धरौटीमा छुटे भने मंसिर तेस्रो साता नै पक्राउ पुर्जी जारी भएपछि फरार पराजुली ३ महिनापछि आफैँ अदालत पुगेका हुन् । मित्रमिलनको मुद्दामा पराजुलीसहित हालसम्म ६ जनालाई जिल्ला अदालत कास्कीले धरौटीमा छाड्न आदेश दिएको छ ।

सुरेशकुमार श्रेष्ठ ७ लाख, हरेराम भण्डारी ७ लाख, लेखा समितिका संयोजक सूर्यबहादुर अधिकारी ७ लाख, विष्णुप्रसाद भण्डारी ७ लाख र पूर्वअध्यक्ष कृष्णबहादुर राउतमित्रमिलन सहकारी ठगीः मिलाएर अदालत छिर्ने, धरौटी बुझाएर छुट्नेलाई १२ लाख रुपैयाँमा धरौटीमा छाड्न अदालतले आदेश दिएको हो भने बाँकी ६ जना पुर्पक्षका लागि कारागारमा छन् । अझै २१ जना फरार रहेका छन् ।

त्यस्तै, अध्यक्ष रमण पौडेल, पूर्व रजिस्ट्रार उदयबहादुर पराजुली, सहकारी सञ्चालक सदस्य गोपाल खनाल, कार्यकारी अधिकृत किरण अधिकारी, सल्लाहकार शेयर सदस्य राजु बराल र सेयर सदस्य बुद्धिसागर पौडेल कारागारमा रहेका छन् । स्रोतका अनुसार सहकारी रकम अपचलनमा मुछिएकाहरू वकिल र न्यायाधिशहरुसँग निरन्तर सम्पर्कमा छन् । अनुकूल वातावरण बनेपछि अदालतमा आफैँ हाजिर हुने र धरौटी बुझाएर छुट्ने गरेका छन् ।

उक्त सहकारीको रकम अपचलन भएको भन्दै ३ हजार ४ सय ४६ बचतकर्ताको २६ करोड ८६ लाख हिनामिना भएको छानबिन समितिको प्रतिवेदन छ भने प्रहरीले ३१ करोड बिगो सहित ३३ जना विरुद्ध गत पुसमै मुद्दा दर्ता गरेको थियो ।


प्रकाशित मिति: ८ फाल्गुन २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?