Trending
>>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो >>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

मित्रमिलन सहकारी ठगीः मिलाएर अदालत छिर्ने, धरौटी बुझाएर छुट्ने


पोखरा। पोखराको मित्रमिलन सहकारी ठगी आरोपपछि पक्राउ पुर्जी जारी भएकाहरू धमाधम अदालत आउँदै धरौटी बुझाएर रिहा हुँदै गरेका छन् ।

त्यस्तै, आइतबार जिल्ला अदालतमा उपस्थित भएका जनकल्याण पराजुली ३ लाख रुपैयाँ धरौटीमा छुटे भने मंसिर तेस्रो साता नै पक्राउ पुर्जी जारी भएपछि फरार पराजुली ३ महिनापछि आफैँ अदालत पुगेका हुन् । मित्रमिलनको मुद्दामा पराजुलीसहित हालसम्म ६ जनालाई जिल्ला अदालत कास्कीले धरौटीमा छाड्न आदेश दिएको छ ।

सुरेशकुमार श्रेष्ठ ७ लाख, हरेराम भण्डारी ७ लाख, लेखा समितिका संयोजक सूर्यबहादुर अधिकारी ७ लाख, विष्णुप्रसाद भण्डारी ७ लाख र पूर्वअध्यक्ष कृष्णबहादुर राउतमित्रमिलन सहकारी ठगीः मिलाएर अदालत छिर्ने, धरौटी बुझाएर छुट्नेलाई १२ लाख रुपैयाँमा धरौटीमा छाड्न अदालतले आदेश दिएको हो भने बाँकी ६ जना पुर्पक्षका लागि कारागारमा छन् । अझै २१ जना फरार रहेका छन् ।

त्यस्तै, अध्यक्ष रमण पौडेल, पूर्व रजिस्ट्रार उदयबहादुर पराजुली, सहकारी सञ्चालक सदस्य गोपाल खनाल, कार्यकारी अधिकृत किरण अधिकारी, सल्लाहकार शेयर सदस्य राजु बराल र सेयर सदस्य बुद्धिसागर पौडेल कारागारमा रहेका छन् । स्रोतका अनुसार सहकारी रकम अपचलनमा मुछिएकाहरू वकिल र न्यायाधिशहरुसँग निरन्तर सम्पर्कमा छन् । अनुकूल वातावरण बनेपछि अदालतमा आफैँ हाजिर हुने र धरौटी बुझाएर छुट्ने गरेका छन् ।

उक्त सहकारीको रकम अपचलन भएको भन्दै ३ हजार ४ सय ४६ बचतकर्ताको २६ करोड ८६ लाख हिनामिना भएको छानबिन समितिको प्रतिवेदन छ भने प्रहरीले ३१ करोड बिगो सहित ३३ जना विरुद्ध गत पुसमै मुद्दा दर्ता गरेको थियो ।


प्रकाशित मिति: ८ फाल्गुन २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?