Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

विभागद्वारा विद्युत् उत्पादकसँग विवरण माग


काठमाडौं। विद्युत् विकास विभागले विद्युत् उत्पादकसँग खण्डीकृत तथ्यांक माग गरेको छ । उक्त विभागले १ मेगावाटभन्दा बढी जडित क्षमता भएका सञ्चालित आयोजनालाई पत्र लेख्दै रोयल्टी बाँडफाँटको हिस्सा निर्धारण गर्न यस्तो तथ्यांक आवश्यक परेको जनाएको छ ।

सो विभागले ७ दिनभित्र तथ्यांक उपलब्ध गराउन समेत भनेको छ भने अहिलेसम्म तिरेको रोयल्टीको विवरण र २०८०/८१ असार मसान्तसम्म उठ्न सक्ने रोयल्टी विवरण पनि उपलब्ध गराउन भनेको छ । विभागले भौतिक संरचनातर्फ जलाशयले छोएका वडा, बाँध, इन्टेक, डिस्यान्डिङ बेसिन, नहर, पाइप वा सुरुङ, विद्युत् गृह, टलरेस र अन्य संरचना रहेको वडासमेत स्पष्ट खुलाई पठाउन भनेको छ ।

‘रन अफ द रिभर’ का हकमा समेत सोही विवरण मागिएको छ भने उक्त आयोजनाका कारण सुक्खा क्षेत्र सिर्जना हुन गएका स्थानको विवरण समेत मागिएको छ । यसबाहेक उपल्लो तटीय क्षेत्रसहित वरपरका वडाको विवरण बुझाउनुपर्ने भएको छ । सो विभागले आयोजनासँग सम्बन्धित नक्सा, जीआइएस सेप फाइल र गुगल म्यापमा खुल्ने गरी पठाउन भनेको छ ।


प्रकाशित मिति: ७ फाल्गुन २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?