Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

हुम्लामा खाद्यन्न पर्याप्त


सिमकोट,हुम्ला। सधैँ खाद्यन्न अभाव झेलिरहेको हिमाली जिल्लामा हुम्लामा यो पटक भने खाद्यान्न पर्याप्तमा मात्रमा रहेको छ । कहिले ठेक्का सम्झौता ढिला हुँदा त कहिले ठेकेदार कम्पनीको ढुवानी लापरबाहीका कारण जिल्लावासीले खाद्यन्न अभाव झेल्दै आउनुपरेको थियो ।

त्यस्तै, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका शाखाका प्रमुख कृष्ण अधिकारीका अनुसार आर्थिक वर्ष २०८०/८१ लागि स्वीकृत भएको १४ हजार क्विन्टल चामल निरन्तर ढुवानी भएकाले खाद्यन्नको अभाव हटेको हो । दैनिक फिस्टेल हेलिकोप्टरले चामल ढुवानी गरिरहेको छ । लिमिटेडको शाखा हुम्लामा रहेका दुई गोदाममध्ये एक गोदाम भरिएको र अर्को गोदाम केही दिनमा भरिने अवस्थामा रहेको उनको भनाइ रहेको थियोे ।

अहिले यस शाखामा छ हजार दुई सय क्विन्टल चामल रहेको र गोदाम नं दुई भरिएर झण्डै चार हजार चार सय क्विन्टल चामल रहेको शाखा प्रमुख अधिकारीले जानकारी दिएका छन्। खाद्यान्न निरन्तर ढुवानी भइरहेका कारण वितरणमासमेत सहज भइरहेको छ । खाद्यान्न पर्याप्त मात्रमा रहेकाले यही फागुन १३ देखि सर्वसारधण, बजारवासी र कर्मचारीलाई दुई महिनाका लागि पुग्ने हिसावले दाद्यान्न बिक्री वितरण गरिने भएको छ ।

त्यसैगरी, भैपरी आउने कार्य जन्म र मृत्युका कार्यका साथै कैदीबन्दीलाई प्रत्येक हप्ताको शुक्रबार खाद्यान्न वितरण गरिरहेको उनले बताए । गोदाममा चामल पर्याप्त हुँदा घरमा चामल नभएर लिमिटेडको शाखामा पुगेका जिल्लावासीलाई जिरा मसिनो चामल एक बोराको रु दुई हजार तीन सय ७५ पर्ने गरेको छ ।

सो जिल्लास्थित विभिन्न राजनीतिक दलका नेतालाई भन्दा शाखाको गोदाममा पुग्ने जनतालाई बिक्री वितरण गरिने उनको भनाइ रहेको थियो ।


प्रकाशित मिति: ७ फाल्गुन २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?