Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

सात महिनामा ३५ प्रतिशत राजस्व संकलन


बुटवल। भैरहवा भन्सार कार्यालयले ७ महिनामा लक्ष्यको ३५.६३ प्रतिशत राजस्व संकलन गरेको छ । चालु आर्थिक वर्षको माघ मसान्तसम्म यस कार्यालयले ४५ अर्ब ५४ करोड १९ लाख २५ हजार राजस्व संकलन गरेको हो ।

भैरहवा भन्सार कार्यालयले आर्थिक वर्ष २०८०/८१ मा १ खर्ब २७ अर्ब ३ करोड ६६ लाख ७९ हजार राजस्व संकलन गर्ने लक्ष्य लिएको छ भने उक्त लक्ष्य पूरा गर्न भन्सार कार्यालयले अबको ५ महिनामा ८२ अर्ब २९ करोड ४७ लाख ५४ हजार राजस्व उठाउनु पर्ने छ ।

त्यसैगरी, भन्सार कार्यालयले साउन महिनामा ६ अर्ब ४९ करोड ५ लाख ३१ हजार, भदौमा ६ अर्ब ८६ करोड ५१ लाख ३३ हजार, असोजमा ९ अर्ब ३ करोड ८६ लाख ७३ हजार राजस्व सङ्कलन गरेको छ भने कार्तिकमा ४ अर्ब ४९ करोड ४ लाख ३९ हजार, मङ्सिरमा ६ अर्ब ६ करोड ३ लाख ४४ हजार, पुसमा ६ अर्ब १९ करोड १७ लाख १३ हजार र माघ महिनामा ६ अर्ब ४० करोड ६ लाख ९२ हजार राजस्व सङ्कलन भएको भन्सार कार्यालयका प्रमुख नारद गौतमले बताएका छन् ।


प्रकाशित मिति: ७ फाल्गुन २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?