Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

डिएसपी हुँ भन्दै गाडी चालकलाई अपशब्द प्रयोग गर्ने पक्राउ


काठमाडौं। निजी गाडी चालकलाई अपशब्द प्रयोग गर्ने एक जना पक्राउ परेका छन् । काठमाडौं चुनदेवीका प्रवीण श्रेष्ठ प्रहरीले पक्राउ गरेको हो । उनले रातिको समयमा काठमाडौंको सार्वजनिक स्थानमा एक जना निजी गाडी चालकलाई अपशब्द प्रयोग गर्दै गाली गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो ।

उक्त भिडियोमा देखिए र सुनिए अनुसार उनले प्रहरीको डिएसपी हुँ भन्दै अपशब्द प्रयोग गरेका थिए भने सो गाडीमै सवार एक जना महिलाले दाइ–दाइ भनेर सम्बोधन गर्दा र चालकले तपाईँ भनेर सम्बोधन गर्दा पनि प्रवीण श्रेष्ठले उनीहरूलाई अपशब्द प्रयोग गरेका थिए ।

उक्त घटनाबारे थप अनुसन्धान भइरहेको र उनी नेपाल प्रहरीको बहालवाला तथा अवकाश प्राप्त कर्मचारी नभएको समेत प्रहरीले स्पष्ट पारेको छ ।


प्रकाशित मिति: ७ फाल्गुन २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?