Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

डिएसपी हुँ भन्दै गाडी चालकलाई अपशब्द प्रयोग गर्ने पक्राउ


काठमाडौं। निजी गाडी चालकलाई अपशब्द प्रयोग गर्ने एक जना पक्राउ परेका छन् । काठमाडौं चुनदेवीका प्रवीण श्रेष्ठ प्रहरीले पक्राउ गरेको हो । उनले रातिको समयमा काठमाडौंको सार्वजनिक स्थानमा एक जना निजी गाडी चालकलाई अपशब्द प्रयोग गर्दै गाली गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो ।

उक्त भिडियोमा देखिए र सुनिए अनुसार उनले प्रहरीको डिएसपी हुँ भन्दै अपशब्द प्रयोग गरेका थिए भने सो गाडीमै सवार एक जना महिलाले दाइ–दाइ भनेर सम्बोधन गर्दा र चालकले तपाईँ भनेर सम्बोधन गर्दा पनि प्रवीण श्रेष्ठले उनीहरूलाई अपशब्द प्रयोग गरेका थिए ।

उक्त घटनाबारे थप अनुसन्धान भइरहेको र उनी नेपाल प्रहरीको बहालवाला तथा अवकाश प्राप्त कर्मचारी नभएको समेत प्रहरीले स्पष्ट पारेको छ ।


प्रकाशित मिति: ७ फाल्गुन २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?