Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१५ माघ २०८२, बिहीबार
१५ माघ २०८२, बिहीबार

कांग्रेस महासमिति बैठक स्थल गोदावरीमा नेता-कार्यकर्ताको चहलपहल


काठमाडौं। सत्तारुढ दल नेपाली कांग्रेसको महासमिति बैठक स्थलमा चहलपहल शुरु भएको छ । सोमवारबाट ललितपुरको गोदावरीमा शुरु हुने बैठक फागुन १० गतेसम्म चल्ने छ ।

उक्त कार्यक्रम स्थलमा देशभरबाट महासमिति सदस्यहरू उपस्थित रहेका छन् भने सो बैठक स्थलमा विभिन्न सामग्रीहरूको सजावट देख्न सकिन्छ । प्रवेशद्वारामा संस्थापक नेता विश्वेश्वरप्रसाद कोइराला र पार्टी सभापति शेरबहादुर देउवाको तस्बिर राखिएको छ । उक्त बैठक पार्टी सभापति शेरबहादुर देउवाले उद्घाटन गर्नेछन् ।

सो बैठकमा उपसभापति पूर्णबहादुर खड्काले नीति प्रस्ताव, महामन्त्री गगनकुमार थापाले सांगठनिक प्रस्ताव र अर्का महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिक प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै प्रवक्ता डा.प्रकाश शरण महतले नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशा सम्बन्धी प्रतिवेदन र लेखा समिति संयोजक श्यामकुमार घिमिरेले लेखा परीक्षण प्रतिवेदन पेश गरी समूहगत रूपमा छलफल हुनेछ ।

 


प्रकाशित मिति: ७ फाल्गुन २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?