Trending
>>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

प्रत्यक्ष निर्वाचनबाट केन्द्रीय समिति चुनिने निर्णय क्रान्तिकारी छलाङः कमला रोका


काठमाडौं। पूर्व मन्त्री एवम् माओवादी केन्द्रकी स्थायी समिति सदस्य कमला रोकाले विधान अधिवेशन पार्टी इतिहासमा क्रान्तिकारी छलाङ भएको बताएकी छिन् ।

त्यस्तै, केन्द्रीय समिति प्रत्यक्ष निर्वाचन प्रणालीबाट चुनिने व्यवस्था अनुमोदन हुनु क्रान्तिकारी छलाङ भएको रोकाको निष्कर्ष रहेको छ । माओवादीको फागुन (१–३) सम्म प्रज्ञा भवन कमलादीमा सम्पन्न भएको प्रथम विधान अधिवेशनले मिश्रित प्रणाली (केन्द्रीय समिति प्रत्यक्ष निर्वाचनबाट चुनिने र पदाधिकारी केन्द्रीय समितिले चुन्ने) प्रावधान अनुमोदन गरेको थियो ।

‘केन्द्रीय समिति निर्वाचन प्रक्रियाबाट चुनिने व्यवस्था पार्टीको इतिहासमा पहिलोपटक भएको हो । यो एक हिसाबले क्रान्तिकारी छलाङ हो । अहिलेसम्म सहमतिबाट समिति गठन हुने गरेको थियो भने अब केन्द्रीय समिति प्रत्यक्ष निर्वाचनबाट हुन्छ । पदाधिकारी समितिले चुन्नेछ । अहिलेको सन्दर्भमा यो प्रणाली ठिक छ’, अधिवेशनको निर्णयलाई समर्थन गर्दै उनले भनेकी छन् ।

त्यसैगरी, सबै तहमा प्रत्यक्ष निर्वाचन हुनुपर्ने २० वटै समूहबाट अत्यधिक सुझाव आएको थियो, तर सबै तह प्रत्यक्ष निर्वाचन प्रणालीबाट हुनुपर्ने सुझाव मान्न अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहमत भएनन् भने केन्द्रीय समिति निर्वाचन प्रणालीबाट चुन्न उनी राजी भए । त्यस्तै झन्डै पचास प्रतिशत प्रतिनिधिले पार्टीको नाम र चिन्ह फेर्नुपर्ने सुझाव दिएका थिए । यो सुझाव अध्यक्ष प्रचण्डले ठाडै अस्वीकार गरेका थिए । तथापि पार्टीको नाम यथावत् राख्ने र पदाधिकारीको निर्वाचन प्रत्यक्ष निर्वाचनबाट नहुने व्यवस्थाको रोकाले समर्थन गरिन् ।

उक्त पार्टीको निश्चित मापदण्ड नबनाई प्रत्यक्ष निर्वाचन प्रणालीमा जाँदा नेतृत्व प्रस्टीकरणमा जाने खतरा रहेको उनको बुझाइ रहेको छ भने अहिले नै सबै तहमा प्रत्यक्ष निर्वाचन भन्दा भ्रष्टिकरण हुने सम्भावना हुनसक्छ । जनवादी केन्द्रीयता मर्न सक्छ । विधानमै मापदण्ड बनाएर गएमा समस्या हुँदैन । माओले प्रतिवादन गरेको सङ्गठनात्मक सिद्धान्तलाई अङ्गीकार गरेका छौँ । प्रत्यक्ष निर्वाचन अङ्गीकार गरे पनि निश्चित मापदण्ड बनाउन आवश्यक छ’,

उनले भनिन्, ‘बलिदान गरेका, निष्ठाको राजनीति गरेका, इमानदार र निस्वार्थ भावनाले हिँडेका व्यक्तिहरूलाई स्पेस दिनेमा ध्यान दिनुपर्छ । प्रत्यक्ष निर्वाचन प्रणाली भन्दै गर्दा गुटगत प्रभाव, पावर, पैसाको खेल हुनसक्छ । संसदीय विकृति पार्टीभित्र भित्रिने खतरा रहन्छ । त्यो खतरालाई रोक्न पनि निश्चित मापदण्ड बनाऊ आवश्यक छ । निर्णयले सांगठननिक समस्याको निकासको बाटो खुला भएको छ ।’

उक्त पार्टीभित्र योपटक जनवादी केन्द्रीयता राम्रोसँग अभ्यास भएको उनको तर्क रोकाले जिकिर गरिन् । उनले पदाधिकारीसहित सबै तहमा महिला प्रतिनिधित्व सुनिश्चित गर्न अध्यक्ष प्रचण्डले प्रतिबद्धता गरेको भन्दै उनले कार्यान्वयन हुनेमा विश्वास व्यक्त गरिन् । त्यस्तै नेसपासँग एकताको विषयमा पनि बैठकमा घनिभूत छलफल उनले दाबी गरिन् । एकताका लागि ढोका सधैँ खुला रहेको रोकाले बताएकी छन् ।

 


प्रकाशित मिति: ७ फाल्गुन २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?