Trending
>>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत >>   नेपाल सुरक्षित रहेको सन्देश फैलाउनसके धेरै पर्यटकीय बजार गुमाउनुपर्दैनः हान अध्यक्ष शाह >>   विपद् व्यवस्थापन कोषको नाम परिवर्तन गर्न र अधिकारसम्पन्न प्राधिकरण गठन गर्न सांसद खरेलको माग
Logo
१३ आश्विन २०८३, मंगलवार
१३ आश्विन २०८३, मंगलवार

गलत सूचनाको चुनौतीलाई राससले चिर्नुपर्छः राष्ट्रपति पौडेल


काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले मिथ्या र गलत सूचनाबाट ‘दिग्भ्रमित’ पार्ने काम पनि भइरहेका सन्दर्भमा राष्ट्रिय समाचार समिति (रासस) जस्तो जिम्मेवार सञ्चारमाध्यमले सत्य, तथ्य, निष्पक्ष र आधिकारिक सूचना प्रवाह गरेर जनतालाई सुसूचित गर्नुपर्नेमा जोड दिएका छन् ।

राससको ६३औँ वार्षिकोत्सवका अवसरमा शुभकामना सन्देश दिँदै उनले सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै यसको दुरुपयोगबाट बच्नु ठूलो चुनौती भएकाले यस चुनौतीलाई राससजस्ता सञ्चारमाध्यमले सामना गरेर अघि बढ्नुपर्ने बताएका हुन् । त्यसैगरी, राससले स्वदेश तथा विदेशमा सत्य तथ्य, आधिकारिक र विश्वसनीय समाचार, फोटो, श्रव्य र श्रव्य दृश्य समाचार सामग्री अनलाइन सेवामार्फत आफ्ना सेवाग्राहीलाई अहोरात्र सम्प्रेषण गर्दै आएको छ ।

“पत्रकारिताको सिद्धान्त, आचारसंहिता र मूल्यमान्यतामा आधारित मौलिक, खोजमूलक र अनुसन्धानमूलक लेखनले नै समाचारको सार र प्राणलाई बचाउँदै पाठकको चाहनालाई पूरा गर्छ भन्ने मलाई लाग्दछ”, सन्देशमा भनिएको छ, “पछिल्लो समयमा राससले सेवाको विविधीकरण, प्रकाशन, तालिम तथा पूर्वाधार विकासमा गरेको सुधार प्रशंसनीय छ ।”

त्यस्तै, मुलुकको एक मात्र समाचार समिति राससले आधुनिकीकरण र भूमण्डलीकरणको बदलिँदो परिवेशमा आफ्ना पाठक र सेवाग्राहीको चाहनाअनुरूपका गुणस्तरीय, सत्य तथ्य, आधिकारिक र विश्वसनीय समाचार सामग्री छिटोछरितो रूपमा दिन अझै प्रतिस्पर्धी, सक्षम र नेतृत्वदायी सञ्चारमाध्यमका रूपमा अघि बढ्ने राष्ट्रपतिको विश्वास रहेको छ ।

उनले इन्टरनेट र सूचना प्रविधिको तीव्रतर विकासले समाचारको विषयवस्तु, सञ्चारमाध्यम र सूचना सम्प्रेषणमा व्यापक परिवर्तनसँगै छिटोछरितो रूपमा दर्शक, श्रोता र पाठकको सत्य तथ्य सूचना पाउने चाहनलाई पूरा गर्न कठिन बन्दै गएको परिप्रेक्ष्यमा राज्यद्वारा सञ्चालित राससजस्तो समाचार समितिले संविधानले प्रत्याभूत गरेको आम नागरिकको सूचनाको हक पाउने प्रावधानलाई पूरा गर्न अझै जिम्मेवार, विश्वसनीय र जबाफदेही बन्नुपर्ने बताएका छन् ।

राष्ट्रपतिले विश्वका समाचार समितिले हासिल गरेको प्रगति, सुधार र पाएको सफलताबाट पाठ सिकेर राससले आफ्नो सेवा, गुणस्तर र समाचार प्रस्तुतिमा समयानुकूल परिमार्जन र सुधार गरी यसलाई अझै आधुनिक, विकसित र नमुना समाचार समितिका रूपमा विकास गर्न कार्यरत व्यावसायिक पत्रकार र व्यवस्थापनलाई सफलता मिलोस् भनी शुभकामना दिएका हुन् ।

उनले अभिव्यक्ति स्वतन्त्रतामात्र होइन स्वतन्त्र, निष्पक्ष र स्वतन्त्र पत्रकारिता तथा हरेक नागरिकको सूचनाको अधिकार बहुलवादमा आधारित लोकतन्त्रमा मात्र सम्भव हुने भएकाले सबै जात, जाति, भाषा, भाषीको अधिकार संरक्षण गर्ने बहुलवादमा आधारित लोकतन्त्रको सुदृढीकरण आफ्नो धर्म मानेर काम गर्दा नै संस्थाले राखेका खास लक्ष्य पूरा हुने समेत स्पष्ट गरेका छन् ।


प्रकाशित मिति: ७ फाल्गुन २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?