Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

नेपालको आधुनिक इतिहासमा फागुन ७ गतेको विशिष्ट महत्त्व छ: पूर्वराष्ट्रपति भण्डारी


काठमाडौं। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गरेकी छन् ।

त्यस्तै, मुलुकमा तानाशाही शासन व्यवस्थाको अन्त्य गरी प्रजातन्त्र स्थापनाका लागि भएका विभिन्न आन्दोलनका क्रममा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले जारी गरेको शुभकामना सन्देशमा नेपालको आधुनिक इतिहासमा फागुन ७ गतेको विशिष्ट महत्त्व रहेको उल्लेख गरेकी हुन् ।

पूर्वराष्ट्रपतिले लोकतान्त्रिक प्रणालीको स्थायित्वका लागि समाजमा व्याप्त गरिबी, बेरोजगारी र सामाजिक विभेदहरूलाई अन्त्य गरी जनताको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउन आवश्यक रहेको उल्लेख गर्दै सन्देशमा त्यसका लागि मुलुकमा उद्योग र उद्यमशीलताको विकासमार्फत सुदृढ र आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको निर्माण अपरिहार्य भएको बताएकी छन् ।

‘विसं २००७ को जनक्रान्तिले नै एकातर्फ राणाहरूको निरङ्कुश पारिवारिक शासनको अन्त्य गरी प्रजातन्त्रको स्थापना गरेको थियो भने अर्कोतर्फ बन्द नेपाली समाजलाई खुलापन र आधुनिकतातर्फ अघि बढ्न मार्ग प्रशस्त गरेको थियो । त्यसपछिका सात दशकभन्दा लामो अवधिमा पनि निरङ्कुश शासकबाट पटक-पटक प्रजातन्त्रको गला रेट्ने प्रयत्न भएको थियो,’ सन्देशमा पूर्वराष्ट्रपति भण्डारीले भनेकी छन् ।


प्रकाशित मिति: ७ फाल्गुन २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?