Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

बाल आँखा स्वास्थ्य सम्बन्धी छलफल गर्न नेत्र रोग विशेषज्ञहरू एकै ठाउँमा


काठमाडौं। बालबालिकाहरूमा हुने मोतीबिन्दु, डेडोपना, लेन्स लगाउनुपर्ने लगायतका विविध आँखासँग सम्बन्धित स्वास्थ्यका समस्याका बारेमा छलफल आवश्यक बन्दै गएको छ ।

यही आवश्यकतालाई महसुस गर्दै तिलगंगा आँखा प्रतिष्ठानले हिमालयन क्याटराक्ट प्रोजेक्टको सहयोगमा विशेष बाल आँखा स्वास्थ्यमा केन्द्रित दुई दिने कार्यक्रमको आयोजना गरेको छ । त्यस्तै, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरू एकै ठाउँमा जम्मा भई सिप तथा ज्ञान साटासाट गर्न र हरेक बिरामीको पहुँचमा उपचार पुर्‍याउन कार्यक्रमको आयोजना गरिएको हो । नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठानले पेडियाट्रिक अफ्थमोलोजी स्युम्पोसिअम एन्ड सीएमई अन पेडियाट्रिक अफ्थमोलोजी एन्ड स्टार्विस्जमस् दुई दिने कार्यक्रमको आयोजना गरेको हो ।

आइतबार र सोमबार आयोजना भइरहेको कार्यक्रममा प्रमुख वक्ताका रूपमा अमेरिकाका प्रसिद्ध बाल आँखा चिकित्सक प्रा.डा. एड्वर्ड विल्सन, भारतमा बाल आँखाको प्रविधिका क्षेत्र विज्ञ डा. रमेश केकुन्य र शङ्कर नेत्रालय रिसर्च विभागकी डा। सुमिता अगर्कार सहभागी हुँदै छन् । त्यस्तै तिलगंगा आँखा प्रतिष्ठानकी बाल आँखा रोग विभाग प्रमुख डा. सिर्जना अधिकारी र वीर अस्पतालकी वंशाणुगत रोग विभाग प्रमुख डा। निलम ठाकुर राष्ट्रिय वक्ताका रूपमा छन् ।

हिमालयन क्याटराक्ट प्रोजेक्टले प्रतिष्ठानको बाल आँखा उपचार विभागको स्तरोन्नतिमा सघाउने उद्देश्यले हातेमालो गर्दै आएको छ ।


प्रकाशित मिति: ६ फाल्गुन २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?