Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

बाल आँखा स्वास्थ्य सम्बन्धी छलफल गर्न नेत्र रोग विशेषज्ञहरू एकै ठाउँमा


काठमाडौं। बालबालिकाहरूमा हुने मोतीबिन्दु, डेडोपना, लेन्स लगाउनुपर्ने लगायतका विविध आँखासँग सम्बन्धित स्वास्थ्यका समस्याका बारेमा छलफल आवश्यक बन्दै गएको छ ।

यही आवश्यकतालाई महसुस गर्दै तिलगंगा आँखा प्रतिष्ठानले हिमालयन क्याटराक्ट प्रोजेक्टको सहयोगमा विशेष बाल आँखा स्वास्थ्यमा केन्द्रित दुई दिने कार्यक्रमको आयोजना गरेको छ । त्यस्तै, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरू एकै ठाउँमा जम्मा भई सिप तथा ज्ञान साटासाट गर्न र हरेक बिरामीको पहुँचमा उपचार पुर्‍याउन कार्यक्रमको आयोजना गरिएको हो । नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठानले पेडियाट्रिक अफ्थमोलोजी स्युम्पोसिअम एन्ड सीएमई अन पेडियाट्रिक अफ्थमोलोजी एन्ड स्टार्विस्जमस् दुई दिने कार्यक्रमको आयोजना गरेको हो ।

आइतबार र सोमबार आयोजना भइरहेको कार्यक्रममा प्रमुख वक्ताका रूपमा अमेरिकाका प्रसिद्ध बाल आँखा चिकित्सक प्रा.डा. एड्वर्ड विल्सन, भारतमा बाल आँखाको प्रविधिका क्षेत्र विज्ञ डा. रमेश केकुन्य र शङ्कर नेत्रालय रिसर्च विभागकी डा। सुमिता अगर्कार सहभागी हुँदै छन् । त्यस्तै तिलगंगा आँखा प्रतिष्ठानकी बाल आँखा रोग विभाग प्रमुख डा. सिर्जना अधिकारी र वीर अस्पतालकी वंशाणुगत रोग विभाग प्रमुख डा। निलम ठाकुर राष्ट्रिय वक्ताका रूपमा छन् ।

हिमालयन क्याटराक्ट प्रोजेक्टले प्रतिष्ठानको बाल आँखा उपचार विभागको स्तरोन्नतिमा सघाउने उद्देश्यले हातेमालो गर्दै आएको छ ।


प्रकाशित मिति: ६ फाल्गुन २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?