Trending
>>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत >>   नेपाल सुरक्षित रहेको सन्देश फैलाउनसके धेरै पर्यटकीय बजार गुमाउनुपर्दैनः हान अध्यक्ष शाह >>   विपद् व्यवस्थापन कोषको नाम परिवर्तन गर्न र अधिकारसम्पन्न प्राधिकरण गठन गर्न सांसद खरेलको माग
Logo
१३ आश्विन २०८३, मंगलवार
१३ आश्विन २०८३, मंगलवार

बालकुमारी घटनाका सबै दोषीलाई कारबाही गर्न सांसदको माग


काठमाडौं। प्रतिनिधिसभाको आजको बैठकमा प्रतिपक्षी दलहरुले बालकुमारी घटनाका सबै दोषीलाई कारबाही गर्न संसदमार्फत् सरकारको ध्यानाकर्षण गराएका छन् ।

इपिएस कोरियाका विद्यार्थीले गत पुस १३ गते ललितपुरको बालकुमारी क्षेत्रमा गरेको आन्दोलनका क्रममा दुईजनाको मृत्यु भएको थियो । सो आन्दोलनका क्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी भएको थियो ।

त्यस्तै, नेकपा (एमाले) का सचेतक महेश बर्तौलाले गत पुसमा ललितपुरमा भएको घटनाका दोषीलाई कारबाहीको माग गरेका छन् । उक्त घटनाबारे छानबिन गर्न गठिन समितिले दोषी ठह¥याएका सबै व्यक्तिलाई सरकारले कारबाही गर्न नसकेको, तर तल्लो तहका प्रहरी कर्मचारीलाई मात्रै कारबाही गरेको आरोप उनको रहेको छ ।

आर्थिक अनियमताको आशङ्कामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयान लिइरहेका व्यक्ति मन्त्रीका रुपमा बहाल रहेको विषयबारे पनि संसदको ध्यानाकर्षण गरे । लुम्बिनीको रामग्राम क्षेत्रलाई निजी कम्पनीलाई भाडामा दिने गरी अघि बढाइएको प्रक्रियाबारे पनि गम्भीर छानबिन गरिनुपर्ने उनको माग रहेको थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानले बालकुमारी घटनाबारे अध्ययन गर्न गठित छानबिन समितिले उक्त घटना घट्नुमा भौतिक पूर्वाधार मन्त्री जिम्मेवार रहेको निष्कर्ष निकालेको बताउदै कारबाहीको माग गरेका छन्। सरकारले आर्थिक अनियमितता र भ्रष्टाचारको अनुसन्धान गर्दा सुरुमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरु अनुसन्धानका लागि तयार रहेको बताए ।

नेपाली कांग्रेसका सांसद दीपक खड्काले नेपाल स्काउटको जग्गा भाडा प्रक्रियासम्बन्धी विषय संसदमा उठाए । उक्त जग्गा भाडामा लगाउँदा सबै खरिद प्रक्रिया पूरा भएको दावी गर्नुरेका छन् । सांसद प्रेम सुवालले सांसदहरुको विदेश भ्रमणका क्रममा हुने खर्च सरकारले स्वयम् बेहोर्नुपर्ने र अन्य मुलुक तथा राजदूतावासको रकममा भ्रमणमा जान रोक लगाइनुपर्ने बताए । उनले विभिन्न भ्रष्टाचारका घटनामा दोषीलाई कारबाही गरिनुपर्ने समेत बताएका छन् ।

आजको बैठक शुरु हुने बित्तिकै प्रतिपक्षका सांसदहरुले उभिएर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले बोल्न समय उपलब्ध गराएका थिए ।


प्रकाशित मिति: ६ फाल्गुन २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?