Trending
>>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत >>   नेपाल सुरक्षित रहेको सन्देश फैलाउनसके धेरै पर्यटकीय बजार गुमाउनुपर्दैनः हान अध्यक्ष शाह >>   विपद् व्यवस्थापन कोषको नाम परिवर्तन गर्न र अधिकारसम्पन्न प्राधिकरण गठन गर्न सांसद खरेलको माग
Logo
१३ आश्विन २०८३, मंगलवार
१३ आश्विन २०८३, मंगलवार

बाँदरले बालीनाली नष्ट गरे राहतको व्यवस्था मिलाइएको छः प्रधानमन्त्री प्रचण्ड


काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पहाडमा बाँदर र बँदेलले बालीनाली नष्ट गर्ने र तराईमा नीलगाईले नष्ट गरेमा सरकारले त्यसबापत राहत दिने व्यवस्था मिलाएको बताएका छन् ।

आइतबार प्रतिनिधि सभाको बैठकमा सांसद किशोर सिंह राठोरले सोधेको प्रश्नको जवाफ दिँदै उनले राष्ट्रिय निकुञ्ज र बफरजोन क्षेत्रका बासिन्दाको संरक्षण गर्ने सन्दर्भमा वन्यजन्तुले गरेको क्षतिबापतको राहत दिन कार्यविधि संशोधन गरिसकेको जानकारी गराए ।

प्रचण्डले भने– ‘कार्यविधि अनुसार प्रदेश सरकार र स्थानीय सरकार समेतको सहभागितामा राहत वितरणको व्यवस्था गरिएको छ । तराई क्षेत्रमा नीलगाई र पहाडी क्षेत्रमा नीलगाईले पुर्‍याएको क्षतिको राहत दिने व्यवस्था मिलाइएको छ भने आउँदा दिनमा वन्यजन्तुले पुर्‍याएको क्षतिलाई बिमासँग आबद्ध गरी वन तथा वातावरण मन्त्रालय र कृषि तथा पशुपंक्षी मन्त्रालयबिच समन्वय गरी विशेष कार्यक्रम सञ्चालन गरिँदै छ ।’

उनले मुक्त कमलरी र सुकुम्वासी समस्या समाधान गर्नका लागि राष्ट्रिय भूमि आयोगमार्फत काम गरिरहेको बताउँदै हालसम्म १० लाख बढी निवेदन आएको र४ हजार बढी भूमिहीन परिवारले जग्गाधनी प्रमाणपूर्जा पाइसकेको बताएका छन् ।


प्रकाशित मिति: ६ फाल्गुन २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?