Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
२८ मंसिर २०८२, आईतवार
२८ मंसिर २०८२, आईतवार

चितवन राष्ट्रिय निकुञ्जमा घाँसेमैदान निर्माण


२ चैत्र, चितवन । चितवन राष्ट्रिय निकुञ्जभित्र जङ्गली जनावरका लागि घाँसे मैदान निर्माण र व्यवस्थापनको काम तीव्ररुपमा भइरहेको छ । चालु आर्थिक वर्ष २०७९÷८० मा ५० हेक्टर क्षेत्रफलमा नयाँ घासेमैदान निर्माण गरिएको छ भने एक सय २५ हेक्टर क्षेत्रफलमा व्यवस्थापनको काम सम्पन्न भएको छ ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार अझै एक सय हेक्टर क्षेत्रफलमा घाँसेमैदान व्यवस्थापनको काम भइरहेको छ । नयाँ निर्माणका लागि रु २५ लाख खर्च भएको उनले बताए । घाँसेमैदान व्यवस्थापनका लागि रु ३३ लाख ७५ हजार बजेटमा काम भइरहेको छ । यस्तै निकुञ्जले यस वर्ष रु पाँच लाखको लागतमा पाँच वटा पोखरीसमेत मर्मत गरिएको उनले जानकारी दिए ।

वन्यजन्तुको वासस्थान व्यवस्थापनका लागि घाँसेमैदान व्यवस्थापनको काम गरिएको तिवारीले जानकारी दिए । उनले भने, “घाँसे मैदान व्यवस्थापनले वन्यजन्तुको वासस्थान व्यवस्थापनमा सहज हुने भएकाले हरेक वर्ष घासेमैदान र सिमसार क्षेत्र व्यवस्थापनको काम गर्दै आएका छौँ”, घाँसे मैदान व्यवस्थापनले आहारा प्रजातिका जनावरको सङ्ख्यामा वृद्धि गर्न सहयोग पुग्ने उनले बताए । निकुञ्जभित्र घाँसेमैदान व्यस्थापनले वन्यजन्तु आहारको खोजीमा बस्ती पस्न रोकिने भएकाले मानव र वन्यजन्तुबीचको द्वन्द्वसमेत कम हुँदै जाने छ । घाँसेमैदान व्यवस्थापन नगर्दा मिचाहा प्रजातिका झार र हड्डीका कारण वन्यजन्तुको आहारा कम हुने गरेको उनले बताए ।


प्रकाशित मिति: २ चैत्र २०७९, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?