Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

चितवन राष्ट्रिय निकुञ्जमा घाँसेमैदान निर्माण


२ चैत्र, चितवन । चितवन राष्ट्रिय निकुञ्जभित्र जङ्गली जनावरका लागि घाँसे मैदान निर्माण र व्यवस्थापनको काम तीव्ररुपमा भइरहेको छ । चालु आर्थिक वर्ष २०७९÷८० मा ५० हेक्टर क्षेत्रफलमा नयाँ घासेमैदान निर्माण गरिएको छ भने एक सय २५ हेक्टर क्षेत्रफलमा व्यवस्थापनको काम सम्पन्न भएको छ ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार अझै एक सय हेक्टर क्षेत्रफलमा घाँसेमैदान व्यवस्थापनको काम भइरहेको छ । नयाँ निर्माणका लागि रु २५ लाख खर्च भएको उनले बताए । घाँसेमैदान व्यवस्थापनका लागि रु ३३ लाख ७५ हजार बजेटमा काम भइरहेको छ । यस्तै निकुञ्जले यस वर्ष रु पाँच लाखको लागतमा पाँच वटा पोखरीसमेत मर्मत गरिएको उनले जानकारी दिए ।

वन्यजन्तुको वासस्थान व्यवस्थापनका लागि घाँसेमैदान व्यवस्थापनको काम गरिएको तिवारीले जानकारी दिए । उनले भने, “घाँसे मैदान व्यवस्थापनले वन्यजन्तुको वासस्थान व्यवस्थापनमा सहज हुने भएकाले हरेक वर्ष घासेमैदान र सिमसार क्षेत्र व्यवस्थापनको काम गर्दै आएका छौँ”, घाँसे मैदान व्यवस्थापनले आहारा प्रजातिका जनावरको सङ्ख्यामा वृद्धि गर्न सहयोग पुग्ने उनले बताए । निकुञ्जभित्र घाँसेमैदान व्यस्थापनले वन्यजन्तु आहारको खोजीमा बस्ती पस्न रोकिने भएकाले मानव र वन्यजन्तुबीचको द्वन्द्वसमेत कम हुँदै जाने छ । घाँसेमैदान व्यवस्थापन नगर्दा मिचाहा प्रजातिका झार र हड्डीका कारण वन्यजन्तुको आहारा कम हुने गरेको उनले बताए ।


प्रकाशित मिति: २ चैत्र २०७९, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?