Trending
>>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद >>   चैतका लागि वाणिज्य बैंकहरुले व्याजदर घटाए >>   राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो >>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
Logo
४ चैत्र २०८२, बुधबार
४ चैत्र २०८२, बुधबार

जनपरिचालन सहितका कार्यक्रम ल्याउने तयारीमा समाजवादी मोर्चा


काठमाडौं। चार दलीय समाजवादी मोर्चाले जनपरिचालनसहित प्रभावकारी जनपरिचालका कार्यक्रम ल्याउने भएको छ । आइतबार एकीकृत समाजवादीको पार्टी कार्यालय सुविधा नगरमा बसेको मोर्चाको बैठकले नेतृत्व परिवर्तन गर्दै प्रभावकारी ढङ्गले जनपरिचालन गर्ने निर्णय गरेको सचिवालयका सदस्य देव गुरुङले जानकारी दिएका छन्।

त्यस्तै, आलोपालो नेतृत्व परिवर्तन गर्ने सहमति अनुसार मोर्चाको नेतृत्व नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष नेत्रविक्रम चन्द विप्लवले गरेका छन् । जसपाका अध्यक्ष उपेन्द्र यादव भने जनकपुरमा भएकाले बैठकमा अनुपस्थित भएका थिए । आजको बैठकमा समग्र मोर्चाको गतिविधिबारे समीक्षा भयो । प्रभावकारी ढङ्गले जनपरिचालनका कार्यक्रम बनाउने जिम्मा शीर्ष नेताहरूलाई दिइएको छ ।

उपन्द्रजीसँगै बसेर केही दिनमा सचिवालय बैठक बसेर ठोस कार्यक्रम सार्वजनिक गर्ने सहमति भएको छ’, बैठकबारे जानकारी दिँदै गुरुङले भने । मोर्चाको गन्तव्य र ओरेन्टेसन, अन्य घटकलाई सहभागी गराउने विषयमामा आगामी दिनमा छलफल हुने उनले बताएका छन् । त्यस्तै, कार्यदलका अर्का सदस्य राजेन्द्र श्रेष्ठले अन्य दललाई मोर्चामा सहभागी गराउने विषयमा छलफल नभएको जिकिर गरे । उक्त बैठकमा मोर्चाले अहिलेसम्म गरेका कार्यक्रमको समीक्षा र आगामी दिनका थप योजनाबारे छलफल भएको उनले बताएका छन् ।

‘हामीले सहमतिमै नेतृत्व परिवर्तन गरेको हो । यसअघि पार्टीको आयतन अनुसार नेतृत्व फेर्ने कुरा भएको थियो । तर माधवजीले गर्नुभयो । आगामी बैठकको नेतृत्व विप्लवजीले गर्नुहुनेछ । त्यसपछि सहमतिमै कसले गर्ने भन्ने विषयमा छलफल हुन्छ’, उनले भने, ‘बैठकमा अन्य दललाई ल्याउने विषयमा कुनै छलफल भएको छैन ।

विगतमा मोर्चाले प्रभावकारी काम गर्न सकेन भन्ने कुरा भएको छ भने अब दुई तीन दिनमै सचिवालयको बैठक बसेर ठोस कार्यक्रम ल्याउँछौँ ।’


प्रकाशित मिति: ६ फाल्गुन २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?