Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

गैरसरकारी संस्था महासङ्घद्वारा ३१ बुँदे नागरिक घोषणापत्र जारी


काठमाडौं। गैरसरकारी संस्था महासङ्घ नेपाल (गैसस) ले ३१ बुँदे नागरिक घोषणापत्र जारी गरेको छ । उक्त महासङ्घको २९औ वार्षिक साधारण सभाबाट नागरिक घोषणा पत्र २०८० जारी गरी काठमाडौं पत्रकार सम्मेलनको आयोजना गर्दै घोषणापत्र सार्वजनिक गरेको हो।

त्यसैगरी, वर्तमान समयमा नागरिकहरूले सामाजिक न्याय, विकास र समृद्धिको अनुभूति गर्न पाउनुको साटो नागरिकहरूमा असन्तुष्टि बढ्दै गएको, सुशासनमा बेथिति बढेको साथै आम नागरिक तथा नागरिक सङ्घ सङ्गठनहरूले भोग्नु परेको कठिनाइलाई मध्यनजर गर्दै नागरिक स्वतन्त्रता, देशको प्रणालीगत सुधार र सुशासनको स्थितिलाई सम्बोधन गर्नका लागि महासङ्घले घोषणापत्र जारी गरेको हो।

२९ औँ वार्षिक साधारण सभामा ७७ जिल्ला र ७ प्रदेशबाट सामाजिक अभियन्ता तथा नागरिक अगुवाहरूको उपस्थिति रहेको थियो भने नेपालको संविधानले प्रत्याभूत गरेका मौलिक हकहरूलाई सबै तहका नागरिकहरूले अनुभूत हुने गरी ऐन कानुन निर्माण गरी कार्यान्वयनका लागि गैसस महासङ्घ नेपाल माग गरेको छ ।

उक्त संविधानले व्यवस्था गरेका तीनै तहका सरकारका एकल तथा साझा अधिकार कार्यान्वयनमा पर्याप्त तथा स्पष्ट कानुन नबन्दा अन्यौलता सृजना भई नागरिक सङ्घ सङ्गठनका अभियानमा प्रत्यक्ष प्रभाव परेकोले सोको तत्काल सम्बोधन गर्न माग गरिएको महासङ्घ अध्यक्ष रामप्रसाद सुवेदीले बताएका छन्।


प्रकाशित मिति: ६ फाल्गुन २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?