Trending
>>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत >>   नेपाल सुरक्षित रहेको सन्देश फैलाउनसके धेरै पर्यटकीय बजार गुमाउनुपर्दैनः हान अध्यक्ष शाह >>   विपद् व्यवस्थापन कोषको नाम परिवर्तन गर्न र अधिकारसम्पन्न प्राधिकरण गठन गर्न सांसद खरेलको माग
Logo
१३ आश्विन २०८३, मंगलवार
१३ आश्विन २०८३, मंगलवार

सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा नियुक्त पदाधिकारीको १ वर्षका उपलब्धिहरू सार्वजनिक


नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा नियुक्त भएका नयाँ पदाधिकारीको १ वर्षका उपलब्धिहरू सार्वजनिक गरिएको छ । आज नेपाल नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको सभा हलमा नियुक्त भएको १ वर्षमा गरिएका गतिविधिहरूको समीक्षात्मक कार्यक्रम सम्पन्न भएको हो ।

ठ्याक्कै एक वर्ष अगाडी २०७९ साल फाल्गुन ४ गते प्रतिष्ठानमा कुलपति, उपकुलपति, सदस्यसचिव लगायत सदस्यहरूको नियुक्ति भएको थियो । सदस्यसचिव कुश्मा महरा प्रगतिले एक वर्षमा भएका कामहरूको बारेमा कार्यक्रममा जानकारी गराएकी थिइन् ।

उक्त कार्यक्रममा १ वर्षमा भएका कामहरूको भिडियो प्रिजेन्टेसन मार्फत पनि देखाइएको थियो भने सीमित बजेटको कारण सोचेजति कामहरू गर्न नसके पनि उपलब्ध बजेटबाट अधिकतम कामहरू गर्न सफल गरेको सदस्यसचिव महराको दाबी रहेको थियो ।

त्यस्तै, उपकुलपति शम्भु राईले सीमित आर्थिक श्रोत, साधनले गर्दा काम गर्न कठिनाइ रहेको बताएका छन् भने परम्परागत तरिकालाई परिवर्तन गर्दै अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

कुलपति निशा शर्माद्वारा १ वर्षमा गर्न खोजिएका कार्यक्रमका साथै आगामी वर्ष गर्न खोजेका कार्यक्रमको बारेमा जानकारी गराइएकी थिइन् । सो बजेट अभावको कारण खुम्चिनु परेको कुलपति शर्माको धारणा रहेको थियो ।


प्रकाशित मिति: ४ फाल्गुन २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?