Trending
>>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध >>   संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ:नारायणदत्त मिश्र >>   सरकारविरुद्ध माईतीघरमा जेन–जीको नाराबाजीः ‘जेन–जीको माग हरायो, निर्वाचन भनि करायो’ (तस्बिरहरु) >>   एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा नियुक्त पदाधिकारीको १ वर्षका उपलब्धिहरू सार्वजनिक


नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा नियुक्त भएका नयाँ पदाधिकारीको १ वर्षका उपलब्धिहरू सार्वजनिक गरिएको छ । आज नेपाल नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको सभा हलमा नियुक्त भएको १ वर्षमा गरिएका गतिविधिहरूको समीक्षात्मक कार्यक्रम सम्पन्न भएको हो ।

ठ्याक्कै एक वर्ष अगाडी २०७९ साल फाल्गुन ४ गते प्रतिष्ठानमा कुलपति, उपकुलपति, सदस्यसचिव लगायत सदस्यहरूको नियुक्ति भएको थियो । सदस्यसचिव कुश्मा महरा प्रगतिले एक वर्षमा भएका कामहरूको बारेमा कार्यक्रममा जानकारी गराएकी थिइन् ।

उक्त कार्यक्रममा १ वर्षमा भएका कामहरूको भिडियो प्रिजेन्टेसन मार्फत पनि देखाइएको थियो भने सीमित बजेटको कारण सोचेजति कामहरू गर्न नसके पनि उपलब्ध बजेटबाट अधिकतम कामहरू गर्न सफल गरेको सदस्यसचिव महराको दाबी रहेको थियो ।

त्यस्तै, उपकुलपति शम्भु राईले सीमित आर्थिक श्रोत, साधनले गर्दा काम गर्न कठिनाइ रहेको बताएका छन् भने परम्परागत तरिकालाई परिवर्तन गर्दै अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

कुलपति निशा शर्माद्वारा १ वर्षमा गर्न खोजिएका कार्यक्रमका साथै आगामी वर्ष गर्न खोजेका कार्यक्रमको बारेमा जानकारी गराइएकी थिइन् । सो बजेट अभावको कारण खुम्चिनु परेको कुलपति शर्माको धारणा रहेको थियो ।


प्रकाशित मिति: ४ फाल्गुन २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?