Trending
>>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ >>   नेप्सेले उपलब्ध सबै उपकरणको कारोबार सञ्चालन गरिरहेको छः लीलाधर सुवेदी >>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’
Logo
१४ आश्विन २०८३, बुधबार
१४ आश्विन २०८३, बुधबार

सकियो ‘लन्डन टु पेरिस’को छायाङ्कन


काठमाडौं। घनश्याम लामिछाने निर्देशित फिल्म ‘लन्डन टु पेरिस’को छायाँंकन सकिएको छ । बिभिन्न कारणले लामो समयदेखि २० प्रतिसत छायांकन रोकिएको फिल्म अहिले सकिएको हो ।

उक्त छायांकन सकिएसँगै फिल्मको मुम्बईमा सम्पादन सुरु भएको निर्देशक घनश्याम लामिछानेले जानकारी दिएका छन् । सो फिल्मको अन्तिम सम्पादन सकिएपछि रिलिज डेट घोषणा हुने लामिछानेले बताएका छन् ।

त्यस्तै, लभस्टोरी कथामा निर्माण भएको फिल्म एबी इन्टरनेश्नलको ब्यानरमा अमित बस्नेत, परि थापा, सनिस खकुरेल, अजित थापा निर्माता हुन् । उक्त फिल्ममा साम्राज्ञी राज्यलक्ष्मी शाह, निश्चल खड्का, गरिमा शर्मा र कबिर खड्का, लोक बिक्रम मल्ल लगायतको अभिनय रहेको छ । त्यसैगरी, निश्चल र गरिमाले यसै फिल्मबाट डेब्यु गर्न लागेका हुन् ।

सो फिल्ममा हर्कुलस बस्नेत, यस डि योगि, बियोन्ड बि, सलिन बानियाँको संगीत रहेको फिल्मको कथा, पटकथा र संवाद प्रदीप भारद्धाजले लेखेका हुन् ।


प्रकाशित मिति: ४ फाल्गुन २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?