Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

देशभरकाे मौसममा बदली, कहाँ कहाँ वर्षाको सम्भावना?


काठमाडाै । पश्चिमी वायुसँगै भारतको विहार राज्य क्षेत्रमा बनेको न्यून चापीय प्रणालीका कारण बुधबार मध्याह्न पनि देशका धेरैजसो क्षेत्रमा बदली (बादल लागेको) छ । जसकारण अघिल्ला दिनका तुलनामा जाडो पनि बढेको छ । तर, सुदूरपश्चिम प्रदेशमा भने आंशिक बदली मात्र छ । मंगलबार काठमाडौंको अधिकतम तापक्रम २२.७ डिग्री सेल्सियस पुगेको थियो । तर, बुधबार भने बादलका कारण अधिकतम तापक्रम १९ देखि २१ डिग्रीमा झर्ने आकलन गरिएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार यो प्रणालीको बढी असर पूर्वी भेगमा छ । बिहारमा क्षेत्रमा बनेको न्यून चापीय प्रणालीका कारण अहिले मधेस र कोशीका तराई क्षेत्रमा बाक्लो बादल छ । त्यसक्षेत्रमा दिउँसो र राति वर्षा हुनसक्ने आकलन गरिएको छ । त्यसबाहेक सुदूरपश्चिमबाहेक बाँकी ५ प्रदेशका केही ठाउँमा पानी पर्नसक्ने ठानिएको छ । त्यसैगरी, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना छ ।काठमाडौं उपत्यकामा मंगलबार अपराह्नपछि बदली भएको थियो । बुधबार बिहानदेखि घाम लाग्न सकेको छैन ।


प्रकाशित मिति: २ फाल्गुन २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?