Trending
>>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत >>   नेपाल सुरक्षित रहेको सन्देश फैलाउनसके धेरै पर्यटकीय बजार गुमाउनुपर्दैनः हान अध्यक्ष शाह >>   विपद् व्यवस्थापन कोषको नाम परिवर्तन गर्न र अधिकारसम्पन्न प्राधिकरण गठन गर्न सांसद खरेलको माग
Logo
१३ आश्विन २०८३, मंगलवार
१३ आश्विन २०८३, मंगलवार

देशभरकाे मौसममा बदली, कहाँ कहाँ वर्षाको सम्भावना?


काठमाडाै । पश्चिमी वायुसँगै भारतको विहार राज्य क्षेत्रमा बनेको न्यून चापीय प्रणालीका कारण बुधबार मध्याह्न पनि देशका धेरैजसो क्षेत्रमा बदली (बादल लागेको) छ । जसकारण अघिल्ला दिनका तुलनामा जाडो पनि बढेको छ । तर, सुदूरपश्चिम प्रदेशमा भने आंशिक बदली मात्र छ । मंगलबार काठमाडौंको अधिकतम तापक्रम २२.७ डिग्री सेल्सियस पुगेको थियो । तर, बुधबार भने बादलका कारण अधिकतम तापक्रम १९ देखि २१ डिग्रीमा झर्ने आकलन गरिएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार यो प्रणालीको बढी असर पूर्वी भेगमा छ । बिहारमा क्षेत्रमा बनेको न्यून चापीय प्रणालीका कारण अहिले मधेस र कोशीका तराई क्षेत्रमा बाक्लो बादल छ । त्यसक्षेत्रमा दिउँसो र राति वर्षा हुनसक्ने आकलन गरिएको छ । त्यसबाहेक सुदूरपश्चिमबाहेक बाँकी ५ प्रदेशका केही ठाउँमा पानी पर्नसक्ने ठानिएको छ । त्यसैगरी, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना छ ।काठमाडौं उपत्यकामा मंगलबार अपराह्नपछि बदली भएको थियो । बुधबार बिहानदेखि घाम लाग्न सकेको छैन ।


प्रकाशित मिति: २ फाल्गुन २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?