Trending
>>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत >>   नेपाल सुरक्षित रहेको सन्देश फैलाउनसके धेरै पर्यटकीय बजार गुमाउनुपर्दैनः हान अध्यक्ष शाह >>   विपद् व्यवस्थापन कोषको नाम परिवर्तन गर्न र अधिकारसम्पन्न प्राधिकरण गठन गर्न सांसद खरेलको माग
Logo
१३ आश्विन २०८३, मंगलवार
१३ आश्विन २०८३, मंगलवार

महासमिति बैठकमा उठाउनुपर्ने एजेन्डाका बारे युवा नेताहरुले थाले ‘महासमिति मन्थन’


काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठकमा उठाउनुपर्ने एजेन्डाका लागि युवा नेताहरुले छलफल सुरु गरेका छन् । राजधानीमा एक विशेष कार्यक्रम आयोजना गर्दै युवा नेताहरुले आसन्न महासमिति बैठकमा उठाउनुपर्ने एजेन्डाका बारेमा ‘महासमिति मन्थन’ छलफल कार्यक्रम सुरु भएको हो ।

पार्टीलाई मजबुत बनाउन संगठन सुधारका लागि पहल गर्नुपर्ने अपरिहार्यता रहेको जनाउँदै महासमिति बैठकलाई कर्मकाण्डी मात्र बनाउन नहुने विषयमा छलफल भएको कांग्रेस युवा नेता भूपेन्द्र जंग शाहीले जनाए । सरकारमा रहेको अवस्थामा र अन्य अवस्थामा पनि पार्टीले देशका गम्भीर समस्या र जनताका जल्दाबल्दा समस्या समाधानका लागि पार्टीभित्रका सबै पक्षहरुलाई समेटेर छलफल गर्नुपर्ने जनाइएको थियो ।

पछिल्ला केही वर्षयता पार्टीभित्र गुटबन्दीका चरम प्रभाव देखिएको हुनाले गुटबन्दीको अन्त्यका लागि पनि पार्टीका शीर्ष नेताहरुले भूमिका खेल्नुपर्ने जनाइएको थियो ।

छलफलमा कांग्रेसका युवा नेताहरु गुरुराज घिमिरे, रन्जित कर्ण, भूपेन्द्रजंग शाही, बंशलाल तामाङ, मैना कार्की, गोमा केसी, रमिला महत, टेकराज पौडेल, नारायण भट्टराइ, बिनोद खनाल, मनोहरि श्रेस्ठ, मोतिलाल भन्डारी, प्रेमिका राना, किरणकिशोर घिमिरे, भुबन भट्ट, धर्मराज शाही, विनिता खड्कालगायतको उपस्थिति रहेको छ ।


प्रकाशित मिति: १ फाल्गुन २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?