Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

महासमिति बैठकमा उठाउनुपर्ने एजेन्डाका बारे युवा नेताहरुले थाले ‘महासमिति मन्थन’


काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठकमा उठाउनुपर्ने एजेन्डाका लागि युवा नेताहरुले छलफल सुरु गरेका छन् । राजधानीमा एक विशेष कार्यक्रम आयोजना गर्दै युवा नेताहरुले आसन्न महासमिति बैठकमा उठाउनुपर्ने एजेन्डाका बारेमा ‘महासमिति मन्थन’ छलफल कार्यक्रम सुरु भएको हो ।

पार्टीलाई मजबुत बनाउन संगठन सुधारका लागि पहल गर्नुपर्ने अपरिहार्यता रहेको जनाउँदै महासमिति बैठकलाई कर्मकाण्डी मात्र बनाउन नहुने विषयमा छलफल भएको कांग्रेस युवा नेता भूपेन्द्र जंग शाहीले जनाए । सरकारमा रहेको अवस्थामा र अन्य अवस्थामा पनि पार्टीले देशका गम्भीर समस्या र जनताका जल्दाबल्दा समस्या समाधानका लागि पार्टीभित्रका सबै पक्षहरुलाई समेटेर छलफल गर्नुपर्ने जनाइएको थियो ।

पछिल्ला केही वर्षयता पार्टीभित्र गुटबन्दीका चरम प्रभाव देखिएको हुनाले गुटबन्दीको अन्त्यका लागि पनि पार्टीका शीर्ष नेताहरुले भूमिका खेल्नुपर्ने जनाइएको थियो ।

छलफलमा कांग्रेसका युवा नेताहरु गुरुराज घिमिरे, रन्जित कर्ण, भूपेन्द्रजंग शाही, बंशलाल तामाङ, मैना कार्की, गोमा केसी, रमिला महत, टेकराज पौडेल, नारायण भट्टराइ, बिनोद खनाल, मनोहरि श्रेस्ठ, मोतिलाल भन्डारी, प्रेमिका राना, किरणकिशोर घिमिरे, भुबन भट्ट, धर्मराज शाही, विनिता खड्कालगायतको उपस्थिति रहेको छ ।


प्रकाशित मिति: १ फाल्गुन २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?