Trending
>>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत >>   नेपाल सुरक्षित रहेको सन्देश फैलाउनसके धेरै पर्यटकीय बजार गुमाउनुपर्दैनः हान अध्यक्ष शाह >>   विपद् व्यवस्थापन कोषको नाम परिवर्तन गर्न र अधिकारसम्पन्न प्राधिकरण गठन गर्न सांसद खरेलको माग
Logo
१३ आश्विन २०८३, मंगलवार
१३ आश्विन २०८३, मंगलवार

समाजलाई सभ्य, सुसंस्कृत र समृद्ध बनाउन नारीलाई स्वावलम्बी बनाउन आवश्यकः राष्ट्रपति


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले समाजलाई सभ्य, सुसंस्कृत र समृद्ध बनाउन नारीहरूलाई सुशिक्षित, स्वावलम्बी र सशक्त बनाउनै पर्ने बताउनुभएको छ । “समाजलाई सभ्य सुसंस्कृत र समृद्ध बनाउन नारीहरूलाई सुशिक्षित, स्वावलम्बी र सशक्त बनाउनै पर्छ”, राष्ट्रपति पौडेलले भन्नुभयो, “गार्गी कन्या गुरुकुलमा आयोजित श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञको मंगलबार उद्घाटन गर्दै पौडेलले भन्नुभयो, “देशमा रहेका गुरुकुलमा कन्याहरूलाई यथोचितरुपमा वैदिक शिक्षा दिने व्यवस्था हुन नसकेको अवस्थामा यसले कन्याहरूलाई गुरुकुलको वातावरणमा वैदिक शिक्षा दिने प्रबन्ध गर्नु सुखद पक्ष हो । यस गुरुकुलका लागि राज्यले पनि विशेष ध्यान दिनेनैछ भन्ने मैले विश्वास लिएको छु ।”

उहाँंले ऋषिमुनि र तपस्वीहरूको आदर्शको अनुसरण गर्दै देवघाटधाममा सन्त महात्माहरूले आश्रम र गुरुकुल चलाएर यहाँको महत्वलाई बढाउनु प्रशंसनीय कार्य भएको बताउँंदै भन्नुभयो, “गुरुकुल यौटा वैज्ञानिक र व्यवहारमुखी शिक्षापद्धति हो । यसबाट शिक्षित जनशक्तिले आफ्नै माटोको मौलिक संस्कार, संस्कृति, सहअस्तित्व र स्वाभिमानको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ भन्ने मलाई लागेको छ ।”

उहाँंले विश्वको सबैभन्दा प्राचीन ग्रन्थ वेद हो र आध्यात्मिक ज्ञान, विज्ञानको मूल पनि वेदलाई मानिएको बताउँंदै त्यस्तो अगाध ज्ञानको स्रोत भएको वेदको र वैदिक सनातन संस्कृतिको उद्गमभूमि नेपाल भएको र नेपाल देवभूमि र अध्यात्म साधनाभूमिको रूपमा चिनिने गरिएको उल्लेख गर्नुभयो । पौडेलले परापूर्वकालमा यहाँका विभिन्न पावन तीर्थमा रहेर वसिष्ठ, विश्वामित्र, याज्ञवल्क्य, अष्टावक्र र गार्गीजस्ता ऋषिमुनिहरूले कठोर साधना गरेको तथा आफ्नो तपस्याको बलमा अलौकिक शक्ति आर्जन गरेको उल्लेख गर्दै उनीहरूले तपस्याद्वारा प्राप्त गरेको वैदिक र आध्यात्मिक ज्ञानले समाजलाई आलोकित बनाएको कुरा विभिन्न ग्रन्थहरूमा पाइएको पनि बताउनुभयो ।

राष्ट्रपति पौडेलले देशकै पहिलो कन्या गुरुकुलको रूपमा गार्गी कन्या गुरुकुल सञ्चालन हुनु खुशीको विषय भएको बताउँंदै वैदिक कालमा गार्गी मदालसा, घोषा अपालाजस्ता विदुषीहरूले ज्ञानको ज्योति छरेर समाजलाई मार्गदर्शन गरेको उल्लेख गर्नुभायो ।


प्रकाशित मिति: १ फाल्गुन २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?