Trending
>>   रास्वपाले नेपाललाई परराष्ट्र र अन्तर्राष्ट्रिय सम्बन्धमा भारतको सहमतिमा चल्ने राष्ट्र बनाउन चाहेको हो ? >>   पहिलो खेलमै सुदूरपश्चिम रोयल्सको हार टर्‍यो – इशान पाण्डे >>   एनपिएलः सुदूरपश्चिमको पहिलो जित >>   दलहरुलाई प्रमुख निर्वाचन आयुक्त कार्कीको आग्रह >>   रास्वपाका सबै सांसद व्यक्ति विशेषको निर्देशनमा परिचालित छैनन्ः सांसद खरेल >>   विदेशमा रहेका नेपालीलाई मताधिकारको माग गर्दै उज्यालो नेपाल पार्टी निर्वाचन आयोगमा >>   स्थानीय तहको निर्वाचन ‘घण्टीमय’ हुँदैनः कुलमान घिसिङ >>   देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली >>   जतिसुकै विद्वान् किन नहोस्, नेपालीलाई हामी विद्वान ठान्दैनौँः केपी ओली >>   हाँडीगाउँमा मनाइयो ‘कहीँ नभएको जात्रा’ (तस्बिरसहित)
Logo
१२ कार्तिक २०८३, बिहीबार
१२ कार्तिक २०८३, बिहीबार

बैंकहरूले घटाए निक्षेपको ब्याजदर, कुनको कति ?


काठमाडौँ । आज देखि लागू हुने गरी २० वाणिज्य बैंकहरूले नयाँ ब्याजदरको सूचना प्रकाशन गरेका छन् । निक्षेप बढ्दै जाने, तर कर्जाको माग न्यून भएपछि बैंकहरूले निक्षेपको ब्याजदर थप घटाएका छन् ।

२० वाणिज्य बैंकहरूले फागुनदेखि लागू हुने गरी औसतमा ०.४० प्रतिशत विन्दुले घटाएका छन् । माघमा वाणिज्य बैंकहरूले व्यक्तिगत निक्षेपमा औसत ८.१६ प्रतिशत ब्याज दिएका थिए । फागुनका लागि भने उनीहरूले औसतमा ७.७५ प्रतिशत ब्याजदर निर्धारण गरेका छन् ।
२० वाणिज्य बैंकमा १६ वटाले ब्याजदर घटाएका छन् । यसबाहेक एभरेष्ट, लक्ष्मी सन्राइज, माछापुच्छ्रे र हिमालयन बैंकले आफ्नो ब्याजदर यथावत् राखेका छन् । फागुनका लागि कृषि विकास बैंकले ६.४४, नेपालले ७.२५, स्ट्यान्डर्ड चार्टर्डले ७.३५, राष्ट्रिय वाणिज्यले ७.३५ प्रतिशत र प्राइम कमर्सियल बैंकले ७.४ प्रतिशत अधिकतम ब्याजदर तोकेका छन् ।

यसैगरी, प्रभुले ७.५, सानिमाले ७.५१, ग्लोबल आइएमई ७.६, नबिलले ७.७५, नेपाल इन्भेष्टमेन्ट मेगाले ८ प्रतिशत ब्याजदर तोकेका छन् । एनआइसी एसिया, एभरेष्टले, लक्ष्मी सन्राइज र माछापुच्छ्रेले ८ प्रतिशत ब्याजदर तोकेका छन् । यसैगरी, कुमारीले ८.०१, नेपाल एसबिआईले ८.१, हिमालयनले ८.१५, एनएमबिले ८.५, सिद्धार्थले ८ र सिटिजन्स बैंकले ८.२५ प्रतिशत ब्याजदर तोकेका छन् ।

तरलता अभाव भएसँगै गत आवदेखि ब्याजदर बढाउँदै लगेका बैंकहरूले निक्षेपको ब्याजदर दोहोरो अंकमा पुर्‍याएका थिए । फलस्वरूप कर्जाको ब्याजदर महँगो भएको थियो । तर, अहिले बैंकहरूमा निक्षेप थुप्रिएको छ । अहिले वाणिज्य बैंकहरूमा ६ खर्बभन्दा बढी लगानीयोग्य पुँजी छ । तर, कर्जाको माग बढ्न सकेको छैन । त्यसपछि गत कात्तिकदेखि बैंकहरूले ब्याजदर घटाउँदै आएका छन् । यससँगै कर्जाको ब्याजदर पनि घट्दै गएको छ ।


प्रकाशित मिति: १ फाल्गुन २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?