Trending
>>   पुरुष १८ वर्षसम्म मात्र बाँच्छ, त्यसपछि ऊ केवल जीवित रहन्छ ! >>   पुराना पार्टीले केही गरेनन् भनेर मात्रै हुँदैन, तथ्यबाट पुष्टि गर्नुपर्छः माधव नेपाल >>   एमाले भ्रष्टाचारीलाई जोगाउने पार्टी हो, तत्काल पार्टी एकता सम्भव छैनः संयोजक दाहाल >>   दोस्रो विश्वयुद्धपछिको विश्व व्यवस्था भत्किँदै जाँदा नेपालमा थप जोखिमः प्रचण्ड >>   आत्मसमीक्षासहित गाउँ पस्दै नेकपा >>   नेपालमा फेरि मौसमी बदलीको संकेतः मंगलवारसम्म धानबाली भित्र्याइसक्न विज्ञको सुझाव >>   अनेसास जर्मनीको वेबसाइट सार्वजनिक: नेपाली भाषा, साहित्य र संस्कृतिलाई जोड्ने नयाँ डिजिटल आँगन >>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ
Logo
९ कार्तिक २०८३, आईतवार
९ कार्तिक २०८३, आईतवार

नमिलेको सतह, बिजुलीका पोल र नसमेटिएका खानेपानीका लाइन पैदल मार्गका मुख्य अवरोध


काठमाडौँ । सहरमा पैदल मार्गको चौडाइ कम नै छ । भएका मार्गमा पनि बिचैमा बिजुलीका पोल छन् । हिँड्न अल्झाउने र ठेस लाग्ने गरी खानेपानीका पाइप राखिएका छन् । यी पैदल मार्गका अवरोध हुन् । सहरी सुन्दरता र व्यवस्थापनका बाधक हुन् । खण्डीकृत योजनाले पूर्वाधार विकासमा पारेको नकारात्मक प्रभावका बारेमा कुरा गर्दै काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल भन्नुहुन्छ, ‘परम्परागत रुपमा हुने गरेका पूर्वाधार निर्माणमा रुपान्तरण नगर्ने हो भने लगानी र प्रयास नतिजामूलक हुन सक्दैन । यसका लागि तत्काल कन्ट्रोल रुम (निगरानी कक्ष) सञ्चालन हुनेछ ।’

आज वडा नं. ४ वालुवाटार क्षेत्रमा निर्माण भइरहेको पैदल मार्ग सुधारको अनुगमनका क्रममा उहाँले, विकास समन्वयका लागि माघ २५ गते साझेदार कार्यालयका प्रमुख र प्रतिनिधिबिच सम्पन्न बैठक, त्यहाँ भएको छलफल र गरिएका निर्णयका बारेमा कुरा गर्दै भन्नुभयो, ‘सहरको पूर्वाधारमा काम गर्ने सबै कार्यालयका अधिकारीहरु भएको कन्ट्रोल रुम हुनेछ । निर्माण योजना कार्यान्वयनमा जाँदा त्यस क्षेत्रसँग सम्बन्धित कार्यालयको योजना र दायित्व भएका कामलाई एकीकृत गराउने जिम्मेवारी कक्षमा भएका अधिकारीको हुनेछ ।’

अहिले कन्ट्रोल रुम कार्यान्वयनमा आइनसकेकोले, बालुवाटार क्षेत्रका पैदल मार्गमा दृष्टिविहिन हिँड्दा सोझै ठोकिने विजुलीका पोल, यात्रामा अल्झिने गरी राखिएका खानेपानीका पाइपको संख्या र स्थान एकिन गरी पोललाई स्थानान्तरण गर्न र पाइपलाई तत्काल व्यवस्थापन गर्न सम्बन्धित कार्यालयलाई पत्र पठाउनू । उहाँले योजना, अनुगमन तथा मूल्याङ्कन एकाइलाई निर्देशन दिनुभयो । पैदल मार्गलाई अपाङ्गता भएका व्यक्तिले सजिलै उपयोग गर्न सक्ने बनाउन अझै काम गर्नु पर्ने उहाँको भनाइ थियो ।

पोल हटाउन यस अघि पनि वडाबाट पत्राचार भएको हो । तर प्राधिकरणले वडाको कुरा सुनेन । वडा ४ का अध्यक्ष दिनेश महर्जनले भन्नुभयो, ‘पूर्वाधारमा भएका अवरोधले धेरै दुर्घटना भएका छन् । जनधनको क्षति भएको छ । सुविधाका लागि बनाइने पूर्वाधार जनधन क्षतिको कारण बन्नु हुँदैन । यसमा सबै मिलेर काम गर्न जरुरी छ ।’

अनुगमनका क्रममा बालुवाटार चोकदेखि सुवर्ण शम्शेर मार्ग (वालुवाटारदेखि गैरीधारातर्फ) र थिरबम सडक (शितल निबास – बालुवाटार – नक्साल सडक) को पैदल मार्ग अनुगमन गरिएको थियो । ६ करोड २२ लाख रुपैयाँ करसहित लागत रहेको यस योजनामा सडकको दुवैतर्फ गरी ५ दशमलव ७ किलोमिटर पैदल मार्ग निर्माण हुँदैछ ।

यस सडक खण्डको पैदल मार्ग औसतमा १ मिटरका छन् । यसमा पनि बिचमै बिजुलीका पोल छन् । सुविधा वितरण गर्दाका अन्य संरचना पनि छन् । यसकारण सडकमा अपाङ्गतामैत्री निर्माण सामग्रीको प्रयोगले मात्र पूर्णता दिन सक्ने देखिँदैन ।


प्रकाशित मिति: २८ माघ २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?