Trending
>>   आजको मौसम : पहाडी भू–भागमा आंशिक बदली,हिमाली भेगमा हिमपातको सम्भावना >>   आज मिति २०८१ साल मङ्सिर १४ गते शुक्रबार ,हेर्नुहोस आजको राशिफल >>   श्रीमान श्रीमतीबीच सुमधुर सम्बन्ध चाहनुहुन्छ ? अपनाउनुहोस यी प्रभावकारी उपाएहरु >>   काँग्रेस, एमाले र माओवादीबीच भाग नमिल्दा न्यायाधीश नियुक्ति हुन सकेनः अध्यक्ष लिङदेन >>   एमालेमाथि भइरहेको हमलाको जवाफ कीर्तिपुरका जनताले दिनुपर्छः एमाले महासचिव पोखरेल >>   राजनीतिक दलहरु कहिल्यै स्वतन्त्र हुन सक्दैनः महामन्त्री शर्मा >>   जानकी मन्दिरमा विवाहपञ्चमीको तयारी अन्तिम चरणमा >>   सरकारले मैले गरेका राम्रा कामविरुद्ध तीर सोझ्याएको छः पुष्पकमल दाहाल >>   राहुल विकले जिते सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि >>   कान्तिपुरलाई मिसन पत्रकारिता भन्नु भएकोमा साधुवाद !
Logo
१४ मंसिर २०८१, शुक्रबार
१४ मंसिर २०८१, शुक्रबार

पत्रकारद्वय कुवँर र भट्टको रिहाइको माग


कञ्चनपुर । कञ्चनपुरका पक्राउ परेका दुई जना पत्रकारको रिहाइको माग गरिएको छ । नेपाल पत्रकार महासङ्घ कञ्चनपुर शाखाले आज प्रेस विज्ञप्ति जारी गर्दै पत्रकारद्वय ऐश्वर्या कुँवर र पुष्कर भट्टको रिहाइको माग गरेको हो ।

उनीहरुविरुद्ध प्रहरीले विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ को दुरुपयोग गरी ‘विद्युतीय कारोबार कसुर’अन्तर्गत मुद्दा चलाई पक्राउ गरिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको महासङ्घ शाखा कञ्चनपुरका सचिव राजेन्द्रप्रसाद अबस्थीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

नेकपा कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सुदूरपश्चिम प्रदेशसभा सदस्य ओमविक्रम भाटले पनि प्रहरी हिरासतमा राखिएका दुवै जना पत्रकारलाई थुनामुक्त गर्न माग गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले व्यक्तिगत फेसबुक पेज तथा म्यासेन्जरलगायत सामाजिक सञ्जालमा व्यक्तिगत चरित्रहत्या गरेको भन्ने विषयमा परिवर्तित नाम थर कञ्चनपुर ७५ (५०) बाट विद्युतीय कारोबारसम्बन्धी शीर्षकमा जाहेरी दर्ता भएकाले दुवै जनालाई अदालतको अनुमतिअनुसार आज पक्राउ गरिएको जनाएको छ । प्रहरीले कुँवरलाई सुकासाल र भट्टलाई गड्डाचौकीबाट आज पक्राउ गरेको जनाएको छ ।


प्रकाशित मिति: २८ माघ २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?