Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

संघीयता लागू गर्न कांग्रेसले काम गर्नुपर्ने आवश्यकता छः नेता सिंह


काठमाडौं। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले गाउँ गाउँमा सिंहदरबार भन्ने नारा कार्यान्वयन गर्न कांग्रेस लाग्नुपर्ने बताएका छन् । शुक्रबार नेपाली कांग्रेस काठमाडौं जिल्ला सम्मेलनको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

नेता सिंहले केन्द्रीकृत एकात्मक व्यवस्था र संघीयतामा फरक धेरै छ भन्नेकुरा नागरिकलाई दिने सेवासुविधाबाट बुझाउन सक्नुपर्ने समेत बताएका छन् । उनले  संघीय कानूनहरु बनाएर कार्यान्वयन गर्न नपाएको कारणले गर्दा कामकारबाहीमा ढिलासुस्ती भइरहेको बताए ।

उनले संघीयता लागू गर्न काम गर्नुपर्ने आवश्यकता रहेको बताए । आवश्यक संघीय कानून बनाउनका लागि संघीय संसदबाट काम गर्न जरुरी रहेको बताए । नेता सिंहले पार्टीलाई अहिलेको अवस्थाभन्दा राम्रो गर्नका लागि काम गर्नुपर्न बताएका छन् ।


प्रकाशित मिति: २६ माघ २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?