Trending
>>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ >>   नेप्सेले उपलब्ध सबै उपकरणको कारोबार सञ्चालन गरिरहेको छः लीलाधर सुवेदी >>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’
Logo
१४ आश्विन २०८३, बुधबार
१४ आश्विन २०८३, बुधबार

संघीयता लागू गर्न कांग्रेसले काम गर्नुपर्ने आवश्यकता छः नेता सिंह


काठमाडौं। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले गाउँ गाउँमा सिंहदरबार भन्ने नारा कार्यान्वयन गर्न कांग्रेस लाग्नुपर्ने बताएका छन् । शुक्रबार नेपाली कांग्रेस काठमाडौं जिल्ला सम्मेलनको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

नेता सिंहले केन्द्रीकृत एकात्मक व्यवस्था र संघीयतामा फरक धेरै छ भन्नेकुरा नागरिकलाई दिने सेवासुविधाबाट बुझाउन सक्नुपर्ने समेत बताएका छन् । उनले  संघीय कानूनहरु बनाएर कार्यान्वयन गर्न नपाएको कारणले गर्दा कामकारबाहीमा ढिलासुस्ती भइरहेको बताए ।

उनले संघीयता लागू गर्न काम गर्नुपर्ने आवश्यकता रहेको बताए । आवश्यक संघीय कानून बनाउनका लागि संघीय संसदबाट काम गर्न जरुरी रहेको बताए । नेता सिंहले पार्टीलाई अहिलेको अवस्थाभन्दा राम्रो गर्नका लागि काम गर्नुपर्न बताएका छन् ।


प्रकाशित मिति: २६ माघ २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?