Trending
>>   सरकार र निजी क्षेत्रबीचको टकरावलाई अल्झिन नदिन पूर्वाधार अदालत गठन गर्ने तयारी >>   रास्वपा सरकार नेपालको इतिहासकै निजी क्षेत्रमैत्री र सुधारमुखी सरकार भएको कुरा पुष्टि हुँदैछः अर्थमन्त्री वाग्ले >>   वीरगञ्जको नेशनल मेडिकल कलेजमा ‘मुन्ना भाइ’ शैलीको गोरखधन्दाः संसदमा उठ्यो छानबिनको माग >>   जनताका प्रश्नको उत्तर नपाएरै रित्तो हात फर्किनुपर्‍योः सांसद राई >>   म्यादी प्रहरीका लागि कपडा खरिदसम्बन्धी प्रकरणः मनिष झाको संयोजकत्वमा अध्ययन समिति गठन >>   म्यादी प्रहरीको कपडा खरिद प्रकरणमा लेखा समितिको मौनताप्रति खगेन्द्र सुनारको प्रश्न >>   नेपाल एयरलाइन्स अब बिग्रिने ठाउँ नै छैन, निजी कम्पनी हुन्थ्यो भने बन्द भैसक्थ्यो:पर्यटनमन्त्री >>   नेपाल वायुसेवा निगमको लज्जास्पद अवस्था अन्त्य गर्न आवश्यकःएमाले सांसद कार्की >>   संकटको घेरामा नेपाल वायुसेवा निगम: महँगो ऋण र जहाज अभावले थलिए राष्ट्रिय ध्वजावाहक >>   सरकार ठिक ढंगले अगाडि बढ्न सकेनः प्रचण्ड
Logo
१६ आश्विन २०८३, शुक्रबार
१६ आश्विन २०८३, शुक्रबार

कांग्रेसको स्वयंसेवक परिचालन उपसमितिमा पाँच सदस्य मनोनीत


काठमाडौं। नेपाली कांग्रेसले आगामी फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा हुने महासमिति बैठकलाई व्यवस्थित एवं प्रभावकारी बनाउन स्वयंसेवक परिचालन उपसमितिमा सदस्य मनोनीत गरेको छ । कांग्रेसले केन्द्रीय सदस्य जीतजङ्ग बस्नेतको संयोजकत्वमा गठित ‘स्वयंसेवक परिचालन उपसमिति’ मा आज पाँच जना सदस्य मनोनीत गरेको हो ।

उक्त पार्टीले उपसमितिमा नेपाल महिला सङ्घ, केन्द्रीय तदर्थ समितिका अध्यक्ष उषा राउत मिश्र, नेपाल तरूण दल, केन्द्रीय तदर्थ समितिका अध्यक्ष विद्धान गुरुङ, नेपाल विद्यार्थी सङ्घ, केन्द्रीय तदर्थ कार्य समिति अध्यक्ष दुजाङ शेर्पा, नेपाल भूतपूर्व सैनिक सङ्घ, केन्द्रीय तदर्थ कार्य समितिका अध्यक्ष अवकाश प्राप्त सुवेदार मेजर मेघराज टन्डन र नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ, केन्द्रीय तदर्थ कार्य समिति अध्यक्ष देवेन्द्रकुमार शेरचनलाई मनोनीत गरिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।


प्रकाशित मिति: २६ माघ २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?