Trending
>>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत
Logo
१४ आश्विन २०८३, बुधबार
१४ आश्विन २०८३, बुधबार

दीपेन्द्रसिंह ऐरी आइएल टी-२० प्रतियोगिता खेल्न युएई प्रस्थान


काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी आइएल टी-२० प्रतियोगिता खेल्न युएई प्रस्थान गरेका छन् । उनी बिहीबार मात्रै सो प्रतियोगिताका लागि गल्फ जायन्ट्स टिममा आबद्ध भएका थिए ।

जारी प्रतियोगितामा दीपेन्द्र सम्मिलित जायन्ट्सले हालसम्म ९ खेल खेलिसकेको छ । त्यसमध्ये ५ खेलमा जित र ४ खेलमा हारसहित १० अंक जोड्दै अंकतालिकाको दोस्रो स्थानमा रहेको छ भने लिग चरणमा एक खेल मात्रै खेल्न बाँकी रहँदा गल्फ जायन्ट्सको प्ले अफमा पुग्ने सम्भावना भने बलियो छ ।

त्यस्तै, गल्फ जायन्ट्सले लिग चरणको अन्तिम खेल शनिवार खेल्दै छ । उक्त खेलमा दीपेन्द्र उपलब्ध हुनेछन् भने आउँदो मङ्गलवारदेखि प्ले अफका खेलहरू सुरु हुन्छन् ।


प्रकाशित मिति: २६ माघ २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?