Trending
>>   कृषि तथा वन क्षेत्रलाई उद्योग र बजारसँग जोड्ने गरी सरकारले नीतिगत तयारी गर्दैछः मन्त्री चौधरी >>   चितवन जिल्ला प्रशासनको चेपाङ बस्तीमा घुम्ती शिविर, ९० जनाले पाए नागरिकता >>   आशा गरिएकी जुडोकी पुनमको खराब प्रदर्शन >>   प्रस्तावित राष्ट्रिय जलवायु परिवर्तन नीति २०८३ लाई थप कार्यान्वयनमुखी बनाउन सुझाव >>   द्वन्द्व बढे नयाँ हतियार प्रयोग गर्ने इरानको चेतावनी ,तनाव कायमै >>   ज्येष्ठ नागरिकको अनुभव पुस्तान्तरण गर्न ‘अनुभव बैङ्क’ स्थापना गर्दैर्छौंः मन्त्री वादी >>   कृषि समितिमा मन्त्रीसँग सांसदहरूको प्रश्नः ‘मल वितरणको पारदर्शी प्रणाली र अडियो काण्डको स्पष्टीकरण खै ?’ >>   उखु किसानको भुक्तानी समस्या अब एक–दुई दिनमै हल हुन्छ >>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ >>   नेप्सेले उपलब्ध सबै उपकरणको कारोबार सञ्चालन गरिरहेको छः लीलाधर सुवेदी
Logo
१५ आश्विन २०८३, बिहीबार
१५ आश्विन २०८३, बिहीबार

शान्ति मिसनमा धेरै सैनिक पठाउने पहिलो सूचीमा नेपाल


काठमाडौं। संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा सहभागी हुन थालेको साढे ६ दशकपछि नेपाल उक्त मिसनमा सैनिक पठाउने मुलुकको वरीयतामा एक नम्बरमा पुगेको छ ।

सो यूएन पिसकिपिङ वेबसाइटको पछिल्लो अपडेटअनुसार नेपाल सन् २०२३ को नोभेम्बर ३० बाट शान्ति मिसनमा सबैभन्दा बढी सैनिक पठाउने मुलुक बनेको हो । नेपालबाट अहिले ६ हजार २ सय ४७ जना शान्ति सैनिक विभिन्न मुलुकमा शान्ति स्थापनार्थ खटिएका छन् ।

त्यसैगरी, १ सय २० भन्दा बढी मुलुकले शान्ति मिसनमा सुरक्षाकर्मी पठाउँदै आएका छन् भने नेपालपछि बंगलादेश ६ हजार १ सय ९७ शान्ति सैनिक खटाउँदै दोस्रो नम्बरमा परेको छ । भारत ६ हजार ७३ शान्ति सैनिक पठाएर तेस्रो नम्बरमा छ भने चौथोमा रुवान्डा, पाँचौँमा पाकिस्तान, छैटौँमा इन्डोनेसिया, सातौँमा घाना, आठौँमा पाकिस्तान, नवौँमा इजिप्ट र दसौँ नम्बरमा मोरक्को छन् ।

यूएनले सन् २००१ देखि उक्त वरीयता निकाल्न थालेको हो । नेपाल शान्ति सैनिक पठाउने सूचीमा २०११ को अन्त्यसम्म नवौँ नम्बरमा थियो । सन् २०२१ मे ३१ मा नेपाल ५ हजार ५ सय ७१ सुरक्षा फौज खटाएर दोस्रो वरीयतामा पुगेको थियो ।

नेपाल सन् १९५५ मा यूएनको सदस्य बनेको थियो भने १९५८ मा लेबनानमा ५ जना सैन्य पर्यवेक्षक खटाएर शान्ति स्थापनाको यात्रा थालेको थियो ।

 


प्रकाशित मिति: २५ माघ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?