Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

लुम्बिनीको ट्रायल परीक्षामा डिजिटल हाजिरीको व्यवस्था गर्ने निर्णय


दाङ। लुम्बिनी प्रदेशको उद्योग तथा यातायात व्यवस्था मन्त्रालयले सवारी चालक अनुमति पत्रका लागि लिखित र प्रयोगात्मक (ट्रायल) परीक्षामा अनधिकृत व्यक्तिहरूको प्रवेश नियन्त्रण गर्ने उद्देश्यले आवश्यक निर्णय गरेको छ ।

त्यस्तै, विभागीय मन्त्री सरोज थापा (रोज राणा) ले सवारी चालक अनुमति पत्रका लागि लिखित र प्रयोगात्मक परीक्षामा अनधिकृत व्यक्तिहरूको प्रवेश नियन्त्रण गर्न उक्त परीक्षाहरूमा प्रवेश गर्दा डिजिटल प्रविधि मार्फत हाजिर गराउने व्यवस्था मिलाउने निर्णय भएको जानकारी दिएका छन् ।

लुम्बिनी मातहतका यातायात कार्यालयहरूका कार्यालय प्रमुखहरूसहितको बैठकमा प्रमुखहरूले आ–आफ्नो कार्यालयको दोस्रो त्रैमासिक तथा अर्धवार्षिक कार्य प्रगति प्रस्तुत गरेका थिए । सो सेवा प्रवाहको क्रममा देखिएका समस्या समाधान गर्न जिम्मेवार निकायले पहलकदमी गर्ने गरी मन्त्रालयबाट आवश्यक निर्देशन पनि दिइएको राणाले जानकारी दिएका छन् ।

लिखित र प्रयोगात्मक परीक्षामा फरक फरक व्यक्ति सहभागी भएर अनियमितता हुने गरेको गुनासोको आधारमा मन्त्रीस्तरीय बैठकबाट सो निर्णय भएको बताइएको छ भने लिखित परीक्षाअघि बायोमेट्रिक लिइएजस्तै प्रयोगात्मक परीक्षामा पनि सोहीअनुसार व्यवस्था गर्ने निर्णय भएको राणाको भनाइ रहेको छ ।

उनका अनुसार लुम्बिनी प्रदेशभरका विभिन्न जिल्लाहरूमा निजी क्षेत्रबाट सञ्चालन गरिएका सवारी चालक अनुमति पत्र प्रयोगात्मक परीक्षा प्रशिक्षण केन्द्रहरू मापदण्ड विपरीत सञ्चालन भएको भन्ने जनगुनासालाई सम्बोधन गर्न सम्बन्धित कार्यालयले तत्काल अनुगमन गरी मापदण्ड पुगेकाहरूलाई मात्र सूचिकृत र अन्यलाई सञ्चालनमा रोक लगाउने निर्णय भएको छ ।

त्यस्तै यातायात व्यवस्था कार्यालय तथा सेवा कार्यालयबाट सवारी चालक अनुमति पत्र लिने प्रयोजनका लागि सञ्चालन हुने प्रयोगात्मक परीक्षामा परीक्षार्थीहरुले आफ्नै सवारीसाधन वा परीक्षार्थीहरूले लिएर आउने सवारी साधनबाट प्रयोगात्मक परीक्षा सहज तरीकाले दिन पाउने यस पूर्वको निर्देशनलाई कार्यान्वयन गर्ने निर्णय पनि भएको छ ।

यातायात व्यवस्था कार्यालय तथा सेवा कार्यालयबाट प्रदान गरिने सम्पूर्ण सेवाहरूमा ज्येष्ठ नागरिक, गर्भवती, सुत्केरी र अपाङ्गता भएका व्यक्तिहरूलाई पालो कुर्न नपर्ने गरी व्यवस्थापन गरिने भएको छ । यस्तै आ–आफ्नो कार्यालयको बेरुजु फर्छ्यौट गर्नेतर्फ पहल गर्ने निर्णय पनि भएको छ ।


प्रकाशित मिति: २४ माघ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?