Trending
>>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत >>   नेपाल सुरक्षित रहेको सन्देश फैलाउनसके धेरै पर्यटकीय बजार गुमाउनुपर्दैनः हान अध्यक्ष शाह >>   विपद् व्यवस्थापन कोषको नाम परिवर्तन गर्न र अधिकारसम्पन्न प्राधिकरण गठन गर्न सांसद खरेलको माग
Logo
१३ आश्विन २०८३, मंगलवार
१३ आश्विन २०८३, मंगलवार

अजिरकोटका किसानलाई व्यावसायिक भैँसीपालन तालिम


गोरखा। गोरखाको अजिरकोट गाउँपालिकाले किसानलाई व्यावसायिक भैँसीपालन सम्बन्धी निःशुल्क तालिम प्रदान गरेको छ ।

उक्त पालिकाभित्र दुग्घ उत्पादन वृद्धिका लागि किसानलाई व्यावसायिक बनाउँदै लैजाने उद्देश्यका साथ तीनदिने तालिम प्रदान गरिएको गाउँपालिका पशु शाखाका प्रमुख डा. रोशनराजबहादुर सिंहले जानकारी दिएका छन् । “भैँसीपालन गर्दै आएका सबै वडाका अगुवा किसानको छनौट गरी तालिम प्रदान गरिएको हो”, उनले भने, “किसानले भैँसीपालन गरी दूध उत्पादन गरे पनि भैँसीको स्याहारसुसार राम्रोसँग गर्न नजान्दा पर्याप्त लाभ लिन नसक्ने गरेकाले तालिम सञ्चालन गरिएको हो ।” तालिममा किसानलाई नस्ल गुणस्तर पहिचान गर्ने विधि, पशुवस्तुका लागि आवश्यक पर्ने सन्तुलित आहारा बनाउने तरिकालगायत बिषयमा जानकारी गराइएको डा.सिंहको भनाई रहेको छ ।

“किसानले आफ्नो गोठमा रहेका रोगी र निरोगी पशुको पहिचान गर्न नसक्दा समेत क्षति हुने ब्यहोर्दै आउनु परेको छ, उनले भने, “तालिममा रोगी पशु र निरोगी पशुको पहिचान गर्न समेत सिकाइएको छ ।”

त्यस्तै पशुवस्तुका लागि स्थानीयस्तरमा पाइने जडीबुटीका औषधीबाट गर्न सकिने प्राथमिक उपचारका साथै किसान आफैँले जुकाको औषधीहरु खुवाउने तारिका र समयको विषयमा समेत तालिममा जानकारी प्रदान गरिएको उनले बताए। “रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्न नदिनका लागि ध्यान दिनुपर्छ भन्ने जानकारी तालिमले दिइएको छ”, डा. सिंहले भने, “पशुवस्तुका लागि खोपको महत्व र पशु बीमाको आवश्यकताका बारेमा समेत किसानलाई सचेतना प्रदान गरिएको छ ।” पालिकाभित्र पुख्र्यौलीदेखि नै भैँसीपालन गर्दै आएका अगुवा किसानलाई तालिम दिइएको उनले बताएका छन् ।

“तालिममा सहभागी किसानलाई प्रतिकिसान १० लिटर र १२ लिटरका गरी दुईवटा दूध बोक्ने क्यान, मिनिरल पाउडर र भैँसीलाई खुवाउनका लागि भिटामिन समेत उपलब्ध गराइएको छ”, उनले भने, “किसानका लागि तालिम अत्यन्तै लाभदायक भएको छ ।” किसानलाई भैँसीलाई मिनिरल पाउडर तथा भिटामिन खुवाउँदा दूधको मात्रा बढ्छ भन्ने बुझाउनका र नियमित खु्वाउने बानीको विकास गराउनका लागि पाउडर तथा भिटामिन उपलब्ध गराएको हो ।

उक्त तालिममा २३ जना किसानको सहभागिता रहेको थियो । सो तालिम लिएका किसानले धेरै जसोले अहिले पनि दैनिक रुपमा भच्चेक बजारमा दूध ल्याएर बिक्री गर्दै आएका छन् भने यही माघ २१ गते आइतबारदेखि सुरु भएको तालिम मङ्गलबार सम्पन्न भएको गाउँपालिकाले जनाएको छ ।


प्रकाशित मिति: २४ माघ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?