Trending
>>   वास्तविक माओवादी हामी हौँः खड्गबहादुर विश्वकर्मा >>   हेटौँडा सडक विस्तारमा स्थानीय प्रशासनले जबरजस्ती गरेको भन्दै पीडितहरुले गराए सरकारको ध्यानाकर्षण >>   ओलीको प्रश्न: म बालुवाटारबाट नभागेको भए जेन जीले के गर्थे? >>   जेनजी–सरकारबीच भएको सम्झौताप्रति ओलीको टिप्पणीः ‘कलाबिहीन भद्दा नाटक’ >>   एमालेको ११ औं महाधिवेशनमा विदेशी पाहुना नबोलाइने, नेपालका १६ दललाई निम्तो >>   पूर्वराष्ट्रपति भण्डारीद्वारा जेन–जी आन्दोलनमा क्षति भएको संसद भवनको अवलोकन >>   कोप–३० नेपालको लागि उपलब्धिमूलक तर चुनौति धेरै: जलवायु वित्त विज्ञ क्षेत्री >>   स्वास्थ्य क्षेत्रमा बजेट घट्नु राम्रो होइनः अर्थमन्त्री खनाल >>   एक वर्षमा १ करोड २५ लाखले लिए बीमामार्फत स्वास्थ्य सेवा >>   लैङ्गिक हिंसा आफ्नो व्यवहारबाटै हटाऔँः खेलकुदमन्त्री गुप्ता
Logo
२५ मंसिर २०८२, बिहीबार
२५ मंसिर २०८२, बिहीबार

अजिरकोटका किसानलाई व्यावसायिक भैँसीपालन तालिम


गोरखा। गोरखाको अजिरकोट गाउँपालिकाले किसानलाई व्यावसायिक भैँसीपालन सम्बन्धी निःशुल्क तालिम प्रदान गरेको छ ।

उक्त पालिकाभित्र दुग्घ उत्पादन वृद्धिका लागि किसानलाई व्यावसायिक बनाउँदै लैजाने उद्देश्यका साथ तीनदिने तालिम प्रदान गरिएको गाउँपालिका पशु शाखाका प्रमुख डा. रोशनराजबहादुर सिंहले जानकारी दिएका छन् । “भैँसीपालन गर्दै आएका सबै वडाका अगुवा किसानको छनौट गरी तालिम प्रदान गरिएको हो”, उनले भने, “किसानले भैँसीपालन गरी दूध उत्पादन गरे पनि भैँसीको स्याहारसुसार राम्रोसँग गर्न नजान्दा पर्याप्त लाभ लिन नसक्ने गरेकाले तालिम सञ्चालन गरिएको हो ।” तालिममा किसानलाई नस्ल गुणस्तर पहिचान गर्ने विधि, पशुवस्तुका लागि आवश्यक पर्ने सन्तुलित आहारा बनाउने तरिकालगायत बिषयमा जानकारी गराइएको डा.सिंहको भनाई रहेको छ ।

“किसानले आफ्नो गोठमा रहेका रोगी र निरोगी पशुको पहिचान गर्न नसक्दा समेत क्षति हुने ब्यहोर्दै आउनु परेको छ, उनले भने, “तालिममा रोगी पशु र निरोगी पशुको पहिचान गर्न समेत सिकाइएको छ ।”

त्यस्तै पशुवस्तुका लागि स्थानीयस्तरमा पाइने जडीबुटीका औषधीबाट गर्न सकिने प्राथमिक उपचारका साथै किसान आफैँले जुकाको औषधीहरु खुवाउने तारिका र समयको विषयमा समेत तालिममा जानकारी प्रदान गरिएको उनले बताए। “रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्न नदिनका लागि ध्यान दिनुपर्छ भन्ने जानकारी तालिमले दिइएको छ”, डा. सिंहले भने, “पशुवस्तुका लागि खोपको महत्व र पशु बीमाको आवश्यकताका बारेमा समेत किसानलाई सचेतना प्रदान गरिएको छ ।” पालिकाभित्र पुख्र्यौलीदेखि नै भैँसीपालन गर्दै आएका अगुवा किसानलाई तालिम दिइएको उनले बताएका छन् ।

“तालिममा सहभागी किसानलाई प्रतिकिसान १० लिटर र १२ लिटरका गरी दुईवटा दूध बोक्ने क्यान, मिनिरल पाउडर र भैँसीलाई खुवाउनका लागि भिटामिन समेत उपलब्ध गराइएको छ”, उनले भने, “किसानका लागि तालिम अत्यन्तै लाभदायक भएको छ ।” किसानलाई भैँसीलाई मिनिरल पाउडर तथा भिटामिन खुवाउँदा दूधको मात्रा बढ्छ भन्ने बुझाउनका र नियमित खु्वाउने बानीको विकास गराउनका लागि पाउडर तथा भिटामिन उपलब्ध गराएको हो ।

उक्त तालिममा २३ जना किसानको सहभागिता रहेको थियो । सो तालिम लिएका किसानले धेरै जसोले अहिले पनि दैनिक रुपमा भच्चेक बजारमा दूध ल्याएर बिक्री गर्दै आएका छन् भने यही माघ २१ गते आइतबारदेखि सुरु भएको तालिम मङ्गलबार सम्पन्न भएको गाउँपालिकाले जनाएको छ ।


प्रकाशित मिति: २४ माघ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?