Trending
>>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत >>   नेपाल सुरक्षित रहेको सन्देश फैलाउनसके धेरै पर्यटकीय बजार गुमाउनुपर्दैनः हान अध्यक्ष शाह >>   विपद् व्यवस्थापन कोषको नाम परिवर्तन गर्न र अधिकारसम्पन्न प्राधिकरण गठन गर्न सांसद खरेलको माग
Logo
१३ आश्विन २०८३, मंगलवार
१३ आश्विन २०८३, मंगलवार

प्रहरीले ट्राफिक कारबाहीबाटै उठायो ८० करोड


काठमाडौं। देशभर सवारी चेकजाँच र ट्राफिक नियममा कारबाही गरेर मात्रै प्रहरीले करिब ८० करोड रुपैयाँ राजस्व उठाएको छ । त्यस्तै, चालु आर्थिक वर्षको हालसम्मको अर्थात् साउनदेखि पुस मसान्तसम्मको अवधिमा देशभरबाट ट्राफिक कारबाही गरेर ७९ करोड ७१ लाख ४४ हजार ८५२ रुपैयाँ राजश्व सङ्कलन भएको हो । छ महिनामा प्रहरीले ट्राफिक नियम उल्लङ्घन गर्ने १० लाख ५२ हजार ५५ वटा सवारी साधनलाई कारबाही गरेको छ ।

त्यसमध्ये काठमाडौं उपत्यकामा मात्रै ३२ करोड ३३ लाख ७० हजार रुपैयाँ राजस्व सङ्कलन भएको प्रहरीले जनाएको छ । कोशी प्रदेशमा ७ करोड ८७ लाख, मधेश प्रदेशमा १० करोड ५ लाख, बागमती प्रदेशमा ७ करोड ८८ लाख, गण्डकी प्रदेशमा ८ करोड १८ लाख, लुम्बिनी प्रदेशमा ९ करोड ३८ लाख, कर्णाली प्रदेशमा १ करोड ५६ लाख र सुदूरपश्चिम प्रदेशमा २ करोड ४२ लाख रुपैयाँ राजस्व सङ्कलन भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

त्यसैगरी, प्रहरीले मादक पदार्थ सेवन गरी सवारी चलाउने, तीव्र गतीमा सवारी चलाउने, लेन अनुशासन कायम नराख्ने, क्षमता भन्दा बढी राख्ने, जथाभावी पार्किङ गर्ने, तोकिएको भन्दा बढी भाडा लिने, आवश्यक कागजात तथा सवारी चालक अनुमति पत्र नभएका लगायतका कारवाही गरेबापत यतिका रकम सङ्कलन गरेको हो ।

सो सङ्कलन भएको राजस्वमध्ये ट्रक-ट्याङकरबाट १५ करोड १९ लाख, बस-मिनिबसबाट ९ करोड २० लाख, कार-जिप-भ्यानबाट १८ करोड ९० लाख, ट्याक्टरबाट २ करोड ८८ लाख, मोटरसाइकलबाट ३१ करोड १७ लाख र टेम्पो तथा अन्यबाट २ करोड ५३ लाख रुपैयाँ राजश्व गरिएको हो ।

प्रहरीले ट्राफिक नियम कार्यान्वयनका लागि सचेतनामूलक कार्यक्रमहरू समेत निरन्तर सञ्चालन गरिरहेको दाबी गरेका छन् । यो अवधिमा प्रहरीले कारवाहीमा परेका १० लाख ५२ हजार ५५ सवारी साधनमध्ये ट्रक-ट्याङकर १ लाख ७० हजार ८४२ वटा, बस र मिनिबस १ लाख ९ हजार ३७७ वटा, कार-जिपरभ्यान २ लाख ६१ हजार ६३६ वटा, ट्याक्टर ४१ हजार ६४१ वटा, मोटरसाइकल ४ लाख ३२ हजार ९८ वटा र टेम्पो तथा अन्य ३६ हजार ४६१ वटालाई कारबाही गरेको छ भने तिनीहरूलाई सचेतनामुलक कक्षामा समेत सामेल गराइएको छ ।

प्रहरीका केन्द्रीय प्रवक्ता भीमप्रसाद ढकालले प्रहरीले जरिवाना गरेर राजस्वमात्रै सङ्कलन गर्नेभन्दा पनि नागरिकको जिउधनको रक्षामा जोड दिएको दाबी गर्छन् । ‘प्रहरीले जरिवाना मात्र गर्दैन । सकभर कारवाही गर्न नपरोस् भन्ने नै चाहान्छ, तर नियम मिचेर जोखिममा रहेको देखेपछि दुर्घटनाबाट बचाउनु प्रहरीको दायित्व हो,’ उनले भने ।


प्रकाशित मिति: २४ माघ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?