Trending
>>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत >>   नेपाल सुरक्षित रहेको सन्देश फैलाउनसके धेरै पर्यटकीय बजार गुमाउनुपर्दैनः हान अध्यक्ष शाह >>   विपद् व्यवस्थापन कोषको नाम परिवर्तन गर्न र अधिकारसम्पन्न प्राधिकरण गठन गर्न सांसद खरेलको माग
Logo
१३ आश्विन २०८३, मंगलवार
१३ आश्विन २०८३, मंगलवार

नयाँ कृषि प्रविधिबारे जानकारी दिन बनेपामा ‘बृहत् कृषि महोत्सव’ हुँदै


काभ्रेपलाञ्चोक। काभ्रेपलाञ्चोकको बनेपामा ‘बृहत् कृषि महोत्सव’ को आयोजना गरिने भएको छ । उक्त जिल्ला समन्वय समिति, कृषि ज्ञान केन्द्र र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको संयुक्त आयोजना, काभ्रेपलाञ्चोक उद्योग वाणिज्य सङ्घको आर्थिक व्यवस्थापन, जिल्लास्थित स्थानीय तहको प्रत्यक्ष सहभागितामा जिल्लाका कृषकले उत्पादन गरेका कृषि तथा पशुजन्य उपजको प्रदर्शनी तथा बजारीकरण गरी उनीहरूको आर्थिक अवस्थामा सुधार ल्याउने उद्देश्यले आगामी फागुन ४ देखि ७ गतेसम्म बनेपास्थित करुणा मार्गमा बृहत् कृषि महोत्सवको आयोजना गरिने भएको हो ।

सो महोत्सवले कृषि क्षेत्रमा भएको उत्पादनको बजारीकरण, नयाँ प्रविधिबारे जानकारी प्रदान गर्नाका साथै व्यावसायिक कृषि पेसामा आबद्ध हुनका लागि नागरिकलाई उत्प्रेरित गर्ने अपेक्षा गरिएको ज्ञान केन्द्रले जनाएको छ । उक्त केन्द्रका प्रमुख कुलप्रसाद दवाडीका अनुसार महोत्सवमा अन्नबाली, दलहन बाली, नगदे बाली, फलफूल, तरकारी, मसला बाली, च्याउ बाली, महलगायत स्थानीय कृषि उपज तथा उत्पादनहरू समावेश गरिने छ । उनले महोत्सवमा दुग्धजन्य उपज एवं उत्पादन प्रविधि, पशुपक्षीजन्य उपज एवं उत्पादन तथा प्रविधि, मासुजन्य उत्पादन, मत्स्यजन्य परिकारसमेत समावेश गर्न सकिने बताएका छन् ।

त्यसैगरी, सो महोत्सवमा उत्पादन र प्रशोधनसँग सम्बन्धित उपकरणहरू, उच्च प्रविधियुक्त संरचनामा आधारित उत्पादन सामग्री, जैविक मल, प्राङ्गारिक मल, रैथाने उत्पादन तथा परिकारका प्रदर्शनी कक्ष राखिने जनाएको छ भने उक्त महोत्सवमा कृषिका आएका प्रविधि र विभिन्न सवालका विषयमा प्राविधिक गोष्ठी, वित्तीय साक्षरतासम्बन्धी गोष्ठी, कृषकका रैथाने प्रविधिहरूको प्रदर्शन, उन्नत बीउबिजन, यन्त्र, औजार, उपकरण अन्य सामाग्रीको बिक्री–वितरण, स्थलगत बाली तथा माटो शिविरको आयोजना गरिनेछ ।

उक्त कार्यक्रममा समितिका प्रमुख दीपक गौतमले महोत्सवबाट कम्तीमा एक सय व्यावसायिक फर्म स्थापना हुने, बेरोजगार युवा व्यावसायिक कृषितर्फ आकर्षित हुने, कृषि उपजको बजारीकरण भई आयमा वृद्धि हुने, उन्नत एवं हाइब्रिड जातको बीउको प्रयोग तथा उत्पादनमा वृद्धि तथा विदेशबाट फर्केका युवाको कृषितर्फ आकर्षण एवं व्यावसायिकतामा अभिवृद्धि हुने अपेक्षा गरिएको बताए। केन्द्रका अनुसार महोत्सवका लागि रु एक करोड १५ लाखको खर्च हुने प्रारम्भिक अनुमान रहेको छ ।


प्रकाशित मिति: २४ माघ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?