Trending
>>   सुशासन कमजोर भए भ्रष्टाचार मौलाउँछः अध्यक्ष मगर >>   प्रक्षेपणको क्रममा कुवेतद्वारा निर्मित रकेट विस्फोट >>   इजरायली सैनिकहरूद्वारा प्यालेस्टिनी पुरुषको हत्या >>   भारतको गोवा नाइटक्लवमा आगलागीमा मृत्यु हुनेको संख्या २५ पुग्यो >>   रुग्ण आयोजना व्यवस्थापनको नाममा त्रास नफैलाउन निर्माण व्यवसायी महासंघको चेतावनी >>   ‘करेन्सीको भाउ बढ्दा नेपालमा लाभ भन्दा हानी धेरै’ >>   मन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः डा. सुनिल शर्मा >>   प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच वार्ता हुँदै >>   घोषित मितिमै निर्वाचन सम्पन्न गर्न प्रधानमन्त्री कार्कीलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह >>   केबिन क्रूको भुमिकालाई मेसिनले प्रतिस्थापन गर्न सक्दैनः मन्त्री सिन्हा
Logo
२२ मंसिर २०८२, सोमबार
२२ मंसिर २०८२, सोमबार

जानकीमा सय हेक्टरमा मसिना धानखेती गरिने


टीकापुर। कैलालीका स्थानीय पालिकाले किसानलाई प्रोत्साहन गर्ने विभिन्न कार्यक्रम ल्याएका छन् । ती पालिकाले धानको उत्पादन बढाउन किसानलाई अनुदानदेखि निःशुल्क प्राविधिक ज्ञान पनि दिँदै आएका छन् ।

पालिकाले किसानलाई धानखेतीका लागि ब्लक, पकेट क्षेत्रदेखि क्लस्टरका हिसाबले कार्यक्रम सञ्चालन गरेर सघाउने गरेका छन् । किसानलाई प्रोत्साहन गर्न अहिले जानकी गाउँपालिकाले यस वर्ष धान उत्पादनका लागि एक सय हेक्टर जमिनमा मसिनो जातको धानबाली प्रवद्र्धन कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

त्यस्तै, मसिना जातको धानखेती घट्दै गएकाले यसको उत्पादन बढाउन धानबाली प्रवद्र्धन कार्यक्रम सञ्चालन गर्र्ने उक्त पालिकाका कृषि शाखा प्रमुख लालवीर चौधरीले बताएका छन् । किसानले बढी उत्पादन लिन मोटा धानबाली लगाउने तर घरमा खाँदा मसिनो धान खोज्ने चलन छ भने आफ्नो खेत बारीमा उत्पादन भएको धान बिक्री गर्ने तर बजारबाट मसिनो चामल किनेर खाने गर्दछन् । किसानले पनि स्थानीय उत्पादन खान पाउन भनी पालिकाले मसिना जातको धानबालीमा जोड दिन थालेको हो ।

त्यस्तै, धानबाली प्रवद्र्धन कार्यक्रमका लागि किसान तथा कृषक समूहलाई क्लस्टरमा सूचीकृत हुन पालिकाले सूचना गरेको छ । कृषक समूह तथा सहकारीले यसका लागि प्रतिब्लक २० हेक्टर जमिनमा धानखेती गर्नुपर्नेछ भने सो गाउँपालिकामा पाँच वटा क्लस्टरमार्फत एक सय हेक्टर जमिनमा धानबाली प्रवद्र्धन कार्यक्रम सञ्चालन गरिने शाखा प्रमुख चौधरीले बताए ।

त्यसैगरी, एक क्लस्टरमा २० हेक्टर जमिनमा सो खेती गर्नुपर्ने भएकाले दुई वडा भए पनि चक्लाबन्दी खेतीको अवधारणाअनुसार कृषक यस कार्यक्रममा सहभागी हुने पालिकाले जनाएको छ भने यसरी धानबाली प्रवद्र्धन कार्यक्रममा सहभागी कृषक समूह तथा सहकारीलाई गाउँपालिकाले उन्नत जातको धान र कृषि सामग्रीमा ५० प्रतिशत अनुदान दिने कृषि शाखा प्रमुख चौधरीले बताए।

उक्त गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ को धानबाली प्रवद्र्धन कार्यक्रमका लागि रु नौ लाख ५० हजार बजेट विनियोजन गरेको छ ।
सो गाउँपालिकाले मसिना धानबालीमा किसानलाई आकर्षित गर्न ल्याएको यो कार्यक्रम प्रभावकारी हुने सम्बद्ध किसानहरूले बताएका छन् ।


प्रकाशित मिति: २३ माघ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?