Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

जानकीमा सय हेक्टरमा मसिना धानखेती गरिने


टीकापुर। कैलालीका स्थानीय पालिकाले किसानलाई प्रोत्साहन गर्ने विभिन्न कार्यक्रम ल्याएका छन् । ती पालिकाले धानको उत्पादन बढाउन किसानलाई अनुदानदेखि निःशुल्क प्राविधिक ज्ञान पनि दिँदै आएका छन् ।

पालिकाले किसानलाई धानखेतीका लागि ब्लक, पकेट क्षेत्रदेखि क्लस्टरका हिसाबले कार्यक्रम सञ्चालन गरेर सघाउने गरेका छन् । किसानलाई प्रोत्साहन गर्न अहिले जानकी गाउँपालिकाले यस वर्ष धान उत्पादनका लागि एक सय हेक्टर जमिनमा मसिनो जातको धानबाली प्रवद्र्धन कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

त्यस्तै, मसिना जातको धानखेती घट्दै गएकाले यसको उत्पादन बढाउन धानबाली प्रवद्र्धन कार्यक्रम सञ्चालन गर्र्ने उक्त पालिकाका कृषि शाखा प्रमुख लालवीर चौधरीले बताएका छन् । किसानले बढी उत्पादन लिन मोटा धानबाली लगाउने तर घरमा खाँदा मसिनो धान खोज्ने चलन छ भने आफ्नो खेत बारीमा उत्पादन भएको धान बिक्री गर्ने तर बजारबाट मसिनो चामल किनेर खाने गर्दछन् । किसानले पनि स्थानीय उत्पादन खान पाउन भनी पालिकाले मसिना जातको धानबालीमा जोड दिन थालेको हो ।

त्यस्तै, धानबाली प्रवद्र्धन कार्यक्रमका लागि किसान तथा कृषक समूहलाई क्लस्टरमा सूचीकृत हुन पालिकाले सूचना गरेको छ । कृषक समूह तथा सहकारीले यसका लागि प्रतिब्लक २० हेक्टर जमिनमा धानखेती गर्नुपर्नेछ भने सो गाउँपालिकामा पाँच वटा क्लस्टरमार्फत एक सय हेक्टर जमिनमा धानबाली प्रवद्र्धन कार्यक्रम सञ्चालन गरिने शाखा प्रमुख चौधरीले बताए ।

त्यसैगरी, एक क्लस्टरमा २० हेक्टर जमिनमा सो खेती गर्नुपर्ने भएकाले दुई वडा भए पनि चक्लाबन्दी खेतीको अवधारणाअनुसार कृषक यस कार्यक्रममा सहभागी हुने पालिकाले जनाएको छ भने यसरी धानबाली प्रवद्र्धन कार्यक्रममा सहभागी कृषक समूह तथा सहकारीलाई गाउँपालिकाले उन्नत जातको धान र कृषि सामग्रीमा ५० प्रतिशत अनुदान दिने कृषि शाखा प्रमुख चौधरीले बताए।

उक्त गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ को धानबाली प्रवद्र्धन कार्यक्रमका लागि रु नौ लाख ५० हजार बजेट विनियोजन गरेको छ ।
सो गाउँपालिकाले मसिना धानबालीमा किसानलाई आकर्षित गर्न ल्याएको यो कार्यक्रम प्रभावकारी हुने सम्बद्ध किसानहरूले बताएका छन् ।


प्रकाशित मिति: २३ माघ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?