Trending
>>   नेपालको न्यायपालिका विकास विरोधी छैनः न्यायाधीश ढुंगाना >>   कुहिरो र हुस्सुले जनकपुरको जनजीवन प्रभावितः स्थानीय सरकारले चासो नदिएको गुनासो >>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा
Logo
१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

विभिन्न स्थानमा ५ जना मृतावस्थामा फेला


काठमाडौं। देशका विभिन्न स्थानमा ५ जना मृतावस्थामा फेला परेका छन् ।

सिन्धुलीको कमलामाई नगरपालिका-९ बथानचौडीस्थित सामुदायिक वनभित्र रहेको खोल्सामा सोही नगरपालिका-९ अमाहा बस्ने ७८ वर्षीय जित बहादुर मगर सोमबार मृत अवस्थामा फेला परेका छन् । माघ ६ गतेदेखि हराई बेपत्ता भएका उनको उक्त स्थानमा शव फेला परेको हो ।

कैलालीको भजनी नगरपालिका-२ मोहनपुलस्थित शौचालयमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ७५ वर्षीय पुरूष सोमबार मृत अवस्थामा फेला परेका छन् ।  त्यस्तै, रसुवाको आमाछोदिङ्मो गाउँपालिका-३ खर्पुडाँडास्थित चौरी गोठमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४२ वर्षीय पुरूष सोमबार मृत अवस्थामा फेला परेका छन् ।

गोरखाको गण्डकी गाउँपालिका-४ खुदीटारस्थित बारीमा सोही ठाउँ बस्ने ५८ वर्षीय भोज राज पाण्डे सोमबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै,  मकवानपुरको कैलाश गाउँपालिका-७ टुर्डुङग् बस्ने ५० वर्षीय आइतराम चेपाङ सोही नगरपालिका-७ चाइरङडाँडा स्थित भिरतल सोमबार मृत अवस्थामा फेला परेका छन् ।

 


प्रकाशित मिति: २३ माघ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?