Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

कारोबारको दोस्रो दिन नेप्से परिसूचक बढ्यो


काठमाडौं। यो साता कारोबारको पहिलो दिन सामान्य अङ्कले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोस्रो दिन भने दोहोरो अङ्कले बढेको छ ।

आज नेप्से परिसूचक १४ दशमलव ५७ अङ्कले बढेर दुई हजार ७६ दशमलव २७ को विन्दुमा कायम भएको हो । आज शेयर बजारमा भएको कारोबार रकम रु दुई अर्ब ४३ करोड ८० लाख ५८ हजार दुई सय ५४ बराबर छ भने तीन सय १० कम्पनीको ७४ लाख ९१ हजार तीन सय तीन कित्ता शेयर ५६ हजार सात सय ७६ पटक किनबेच भएको हो

त्यसैगरी, होटल तथा पर्यटन समूह शून्य दशमलव २०, उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव ०९, म्युचुअल फन्ड शून्य दशमलव ०६ र निर्जीवन बीमा समूह शून्य दशमलव ४१ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै अन्य समूहको उपसूचक चार दशमलव ६८ प्रतिशतले बढेको छ ।

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड र पिपुल्स पावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सबैभन्दा धेरै गुमाउनेमा भने स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा छ दशमलव ७८ प्रतिशतको गिरावट देखिएको छ । त्यस्तैथ, कारोबार रकमका आधारमा सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको रु १८ करोड ५९ लाख पाँच हजार १४ बराबरको कारोबार भएको छ ।

उक्त कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने ङादी पावर लिमिटेडको चार लाख ४७ हजार छ सय ६७ कित्ता किनबेच भएको छ ।


प्रकाशित मिति: २२ माघ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?