Trending
>>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत >>   नेपाल सुरक्षित रहेको सन्देश फैलाउनसके धेरै पर्यटकीय बजार गुमाउनुपर्दैनः हान अध्यक्ष शाह >>   विपद् व्यवस्थापन कोषको नाम परिवर्तन गर्न र अधिकारसम्पन्न प्राधिकरण गठन गर्न सांसद खरेलको माग
Logo
१३ आश्विन २०८३, मंगलवार
१३ आश्विन २०८३, मंगलवार

रोल्पाका दुई विकट गाउँमा बल्यो बिजुली


काठमाडौं। रोल्पाका दुई विकट गाउँमा बिजुली बलेको छ । सुनछहरी गाउँपालिका वडा नम्बर ३ र ४ मा राष्ट्रिय प्रसारण प्रणालीबाट बिजुली पुगेको हो ।त्यस्तै, ३३ केभीए प्रसारण लाइनमार्फत वितरण भएको उक्त बिजुलीले दुवै गाउँका एक हजारभन्दा बढी घरमा विद्युत् सेवा पुगेको नेपाल विद्युत् प्राधिकरण रोल्पा वितरण केन्द्रले जनाएको छ । माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले स्विच दबाएर विद्युतीकरणको औपचारिक उद्घाटन गरे ।

उक्त अवसरमा पूर्वऊर्जामन्त्री पुनले गाउँमा उज्यालोसँगै नयाँ विकास, नयाँ सभ्यता र नयाँ संस्कार आउने बताए । गाउँमा बिजुली आएसँगै दैनिक जनजीवनका धेरै काममा सहजता आउने तथा स्थानीय उद्योग स्थापना गर्न सकिने उनको भनाइ रहेको छ ।

पुनले राजनीतिककर्मी र राज्य सञ्चालनको भूमिकामा रहेकाहरूले साधनस्रोतको समुचित वितरणमार्फत देशका सबै क्षेत्रमा सन्तुलित र समानुपातिक विकासमा ध्यान दिनुपर्ने बताए । विकासका काममा अति राजनीतीकरणको समस्या देखिएको भन्दै उनले दल र विचार फरक भए पनि विकासका काममा गाउँदेखि राष्ट्रिय स्तरसम्म समान धारणा र समझदारी हुनुपर्नेमा जोड दिए ।


प्रकाशित मिति: २२ माघ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?