Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

कुष्ठ रोगबाट बालबालिका प्रभावित हुँदै


राँझा,बाँके। बाँकेमा कुष्ठरोगबाट १४ वर्ष मुनिका बालबालिका बढी प्रभावित हुँदै गएको पाइएको छ । चालु आर्थिक वर्षको साउनदेखि मङ्सिर मसान्तसम्म भेटिएका नयाँ बिरामीमा १३ जना १४ वर्ष मुनिका बालबालिका रहेको स्वास्थ्य कार्यालय बाँकेका कुष्ठ स्रोत व्यक्ति रवीन्द्रकुमार शाहले जानकारी दिएका छन् ।

“बाँकेमा सबै स्वास्थ्य संस्थाबाट सङ्कलन गरिएको तथ्याङ्कअनुसार पछिल्लो समय कुष्ठरोगबाट बालबालिका प्रभावित भएको पाइएको हो”, उनले भने, “खुला सिमानाका कारण बाँकेबाट छिमेकी मुलुक भारतमा बढी आवतजावत हुने भएकाले कुष्ठ रोगको जोखिम घट्न सकेको छैन ।”

त्यस्तै, सरकारको कुष्ठरोग निवारण विशेष नीति तथा कार्यक्रम नभएकाले सरकारी स्वास्थ्य संस्था नयाँ बिरामी पत्ता लगाउन साइनिङ अस्पताल, आइएनएफजस्ता संस्थाको सहयोग लिनुपर्ने बाध्यता रहेको उनको भनाइ रहेको छ । बाँकेको जानकी गाउँपालिकामा आइएनएपले सञ्चालन गरेको साइनिङ अस्पतालमा चालु आर्थिक वर्षको साउन देखि पुस मसान्तसम्म छ महिनामा ६० नयाँ कुष्ठरोगी फेला परेका छन् । तीमध्ये २९ जना बाँकेका बिरामी रहेको साइनिङ अस्पतालका प्रमुख मङ्गल चौधरीले जानकारी दिए।

उनका अनुसार साइनिङ अस्पतालमा फेला परेका नयाँ बिरामीमध्ये १५ जना भारतीय नागरिक रहेका छन् भने बर्दिया र अन्य पहाडी जिल्लाबाट जाँच गराउन आउने बिरामीमा पनि कुष्ठरोग पत्ता लागिरहेको छ । ्त्यस्तै, स्वास्थ्य कार्यालयका प्रमुख सुनिता पौडेलले समाजमा अझै पनि कुष्ठरोगीलाई गरिने व्यवहार, लाञ्छना र विभेद हट्न नसकेको जनाउँदै राज्यले जनचेतना जगाउन र नयाँ बिरामी पत्ता लगाउन थप नीति तथा कार्यक्रम ल्याउनुपर्नेमा जोड दिइन् ।

नेपालगञ्जस्थित भेरी अस्पतालमा कार्यरत छाला रोग विशेषज्ञ डा आरके झाले कुष्ठरोगको रोकथाम र उपचार सम्भव रहे पनि सबैमा जनचेतना पुग्न नसक्दा समाजमा अझै धेरै रोगी लुकेर रहेको बताए ।


प्रकाशित मिति: २२ माघ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?