Trending
>>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत
Logo
१४ आश्विन २०८३, बुधबार
१४ आश्विन २०८३, बुधबार

मुगुको खत्याडमा आगलागीमा परी दुई बालबालिकाको मृत्यु


मुगु। मुगुको खत्याड गाउँपालिकामा एक घरमा आगलागी हुँदा दुई बालबालिकाको जलेर मृत्यु भएको छ ।

त्यस्तै, खत्याड गाउँपालिका २ गाडेखोला बस्ने लाले सन्ज्यालको घरमा सोमबार बिहान एक बजेतिर भएको आगलागीमा परी उनका १४ वर्षीय छोरा विशाल र १२ बर्षीया छोरी झरनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । सो आगलागीको सूचना पाएपछि जिल्ला प्रहरी मुगु, श्रीकोटबाट खटिएको प्रहरी टोलीले घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिने प्रयास गरेपनि सोमबार बिहान मात्रै आगो पूर्णरुपमा नियन्त्रणमा आएको थियो ।

मृतकद्वयलाई आमा सरस्वतीले सँगै लिएर आइतबार राति सुतेकी थिइन । सरस्वती आगोबाट बच्न सफल भएपनि उनी बेहोस छिन,दुई छोराछोरी आगोको लपेटमा परेर ज्यान गुमाएका हुन् । प्रहरीका अनुसार एक हल गोरु र दुई ओटा गाई पनि मरेका छन् । सरस्वतीका श्रीमान् लाले रोजगारीको सिलसिलामा भारतमा छन् ।

कच्ची घरमा काठ थुपारेर राखेकोले आगो नियन्त्रण लिन कठिनाई भएको स्थानीयले बताएका छन् ।

 


प्रकाशित मिति: २२ माघ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?