Trending
>>   नेपालको न्यायपालिका विकास विरोधी छैनः न्यायाधीश ढुंगाना >>   कुहिरो र हुस्सुले जनकपुरको जनजीवन प्रभावितः स्थानीय सरकारले चासो नदिएको गुनासो >>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा
Logo
१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

मुगुको खत्याडमा आगलागीमा परी दुई बालबालिकाको मृत्यु


मुगु। मुगुको खत्याड गाउँपालिकामा एक घरमा आगलागी हुँदा दुई बालबालिकाको जलेर मृत्यु भएको छ ।

त्यस्तै, खत्याड गाउँपालिका २ गाडेखोला बस्ने लाले सन्ज्यालको घरमा सोमबार बिहान एक बजेतिर भएको आगलागीमा परी उनका १४ वर्षीय छोरा विशाल र १२ बर्षीया छोरी झरनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । सो आगलागीको सूचना पाएपछि जिल्ला प्रहरी मुगु, श्रीकोटबाट खटिएको प्रहरी टोलीले घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिने प्रयास गरेपनि सोमबार बिहान मात्रै आगो पूर्णरुपमा नियन्त्रणमा आएको थियो ।

मृतकद्वयलाई आमा सरस्वतीले सँगै लिएर आइतबार राति सुतेकी थिइन । सरस्वती आगोबाट बच्न सफल भएपनि उनी बेहोस छिन,दुई छोराछोरी आगोको लपेटमा परेर ज्यान गुमाएका हुन् । प्रहरीका अनुसार एक हल गोरु र दुई ओटा गाई पनि मरेका छन् । सरस्वतीका श्रीमान् लाले रोजगारीको सिलसिलामा भारतमा छन् ।

कच्ची घरमा काठ थुपारेर राखेकोले आगो नियन्त्रण लिन कठिनाई भएको स्थानीयले बताएका छन् ।

 


प्रकाशित मिति: २२ माघ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?